७ कार्तिक २०७८, आईतवार / Oct 24, 2021

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु,आफन्तले गरे राजमार्ग अबरुद्ध

मंगल बास्काेटे
९ बैशाख २०७८, बिहीबार १३:४०
73 Views

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु,आफन्त द्वारा टायर बाली राजमार्ग अबरुद्ध
कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने गौरीगंगा नगरपालिकाको चौमाला राजिपुरमा बिहिवार दिउसो बसले ठक्कर दिदा लम्कीचुहा नगरपालिका वडा न ४ बस्ने अन्दाजी २८ बर्षिया ललित रावतको मृत्यु भएको हो ।

पश्चिमबाट पूर्वतर्फ आईरहेको  ना४ख ३७२९ नम्बरको बसले सोही दिशामा गुडिरहेको  म८प ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिएको थियो ।बसको ठक्करबाट गम्भीर घाईते भएका मोटरसाइकल चालक रावतलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लागिएको थियो भनेको उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएकोछ। ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक कार्यालयले बताएको छ। अहिले आफन्तहरुले पुर्वपश्चिम राजमार्गमा टायर बालेर राजमार्ग अबरुद्ध पारेका छन ।

Latest समाचार