५ कार्तिक २०७८, शुक्रबार / Oct 22, 2021

भजनी नगरपालिकामा ५० प्रतिशत अनुदानमा कृषि यन्त्र तथा उपकरण बितरण

मंगल बास्काेटे
९ बैशाख २०७८, बिहीबार ०२:१३
34 Views

खेम राज पाण्डेय
भजनी ९ -बैशाख
सुदुर पश्चिम प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि ज्ञान केन्द्र धनगढी कैलाली द्वारा ५०% अनुदान र भजनी नगरपालिकाको समन्वयमा एकता कृषक समूह भजनी ४ धनौराको आयोजनामा कृषि यन्त्र तथा उपकरणहरु वितरण गरीएको छ ।
एकता कृषक समूहका अध्यक्ष सम्भुजित चौधरीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था तथा सहकारी मन्त्री माननिय विनिता चौधरी रहेकी थिइन्।उक्त कार्यक्रमका विशिष्ट अतिथि भजनी नगर प्रमुख शेर बहादुर चौधरी रहेका थिए। भने अतिथीमा वडा ४ अध्यक्ष जनता राम चौधरी, कृषि ज्ञान केन्द्र धनगढीका प्रतिनिधी,वडा सदस्य शिव कुमार चौधरी लगाएतको उपस्थित रहेको थियो। उक्त कार्यक्रममा कृषि सामग्री वितरण गरेको छ। जस्मा २७पावर टिलार, २रुटाभेटर,१जिरोभेटर,८ईन्जन,८पानीमोटर,६रिफर र ४बोरिङ समाग्री वितरण गरीएको थियो।कार्यक्रमकाे संचालक रामचरण चौधरीले गरेका थिए।

Latest समाचार