७ कार्तिक २०७८, आईतवार / Oct 24, 2021

बसको ठक्करबाट एक जनाको मृत्यु पछि अबरुद्ध लम्कीचुहा क्षेत्रको पुर्व पश्चिम् राजमार्ग अझै खुल्न सकेन 

मंगल बास्काेटे
१० बैशाख २०७८, शुक्रबार ०६:४६
51 Views

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित आफन्तले १८ घण्टा देखि पुर्वपश्चिम राजमार्ग अबरुद्ध परेका छन । बिहीबार गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका वडा न ४ का २७ वर्षीय मोटरसाइकल चालक ललित रावतको मृत्यु भए पछि आक्रोशित आफन्तले १८ घण्टा देखि लम्कीचुहा नगरपालिका अन्तरगतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका हुन ।

मृतकका आफन्तलाई उचित क्षतिपूर्ति,मृतकका नावालक छोरालाई उच्छ शिक्षा र चालकलाई कडा कारवाहीको माग राख्दै आफन्तहरु बिहिवार साझ ६ बजे देखि सडक आन्दोलनमा उत्रिएका छन ।
बिहीबार दिउँसो ३ बजेतिर पश्चिमबाट पुर्व आईरहेको ना ४ ख ३७२९ नम्बरको सुदुरपश्चिम यातायात बस ब्यवसायी समितिको बसले सोही दिशामा गुडिरहेको म ८ प ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाईते भएका मोटरसाइकल चालक रावतको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
अहिले बसको ठक्करबाट मृत्यु भएका रावतको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।
राजमार्ग अबरुद्ध हुदा आफ्नो गन्तव्यमा लागेका यात्रुहरु बिचबाटो मै अलपत्र परेका छन ।

 

Latest समाचार