३ कार्तिक २०७८, बुधबार / Oct 20, 2021

मृतकका आफन्तलाई क्षतिपूर्ति दिने सहमती पछि खुल्यो पुर्वपश्चिम राजमार्ग

मंगल बास्काेटे
१० बैशाख २०७८, शुक्रबार ०८:५५
56 Views

कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएपछि आक्रोशित आफन्तले २० घण्टा पछि पुर्वपश्चिम राजमार्ग खोलेका छन । बिहीबार गौरीगंगा नगरपालिकाको राजीपुरमा बसले ठक्कर दिँदा लम्कीचुहा नगरपालिका वडा न ४ का २७ वर्षीय मोटरसाइकल चालक ललित रावतको मृत्यु भए पछि आक्रोशित आफन्तले झण्डै घण्टा पछि अबरुद्ध लम्कीचुहा नगरपालिका अन्तरगतको पूर्व–पश्चिम राजमार्ग खोलेका हुन ।
मृतकका आफन्तलाई उचित क्षतिपूर्ति र चालकलाई कडा कारवाहीको माग राख्दै आफन्तहरुले बिहिवार साझ ६ बजे देखि सडक अबरुद्ध परेका थिए ।
पटक पटक असफल जिल्ला प्रशासन कार्यालय कैलालीमा सहमतिका लागि बसेको बैठक अन्तिम पटक भने सफल भयो । बैठकमा पिडितका माग बस ब्यवसायी समितीले सम्बोधन गर्ने भने पछि सहमति जोट्यो र राजमार्ग सुचारु भएको हो ।
राजमार्ग सुचारु भए संङ्गै अलपत्र परेका हजारौं यात्रुहरु आफ्नो अन्तब्यमा लागेका छन ।
बिहीबार दिउँसो ३ बजेतिर पश्चिमबाट पुर्व आईरहेको ना ४ ख ३७२९ नम्बरको सुदुरपश्चिम यातायात बस ब्यवसायी समितिको बसले सोही दिशामा गुडिरहेको म ८ प ३९८० नम्बरकोे मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाईते भएका मोटरसाइकल चालक रावतको उपचारको क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।