७ श्रावण २०७८, बिहीबार / Jul 22, 2021

योङ्ग कम्युनिस्ट लिग (YCL)को प्रथम नगर सम्मेलन भजनीमा सम्पन्न

मंगल बास्काेटे
१४ बैशाख २०७८, मंगलवार ०३:५६
23 Views

खेम राज पाण्डेय
भजनी -१४ बैशाख

योङ्ग कम्युनिस्ट लिग(YCL) नेपालको प्रथम नगर सम्मेलन कैलालीको भजनीमा सम्पन्न भएको छ । योङ्ग कम्युनिस्ट लिग(YCL) नेपाल भजनी नगर कमिटीको आयोजनमा प्रथम नगर सम्मेलन सम्पन्न भएको छ।
योङ्ग कम्युनिस्ट लिग(ycl) नेपाल भजनी नगर कमिटी संयोजक सुरेन्द्र प्रसाद जैशीको अध्यक्षतामा आयोजित सम्मेलनका प्रमुख अथिती नेकपा माओवादी(केन्द्र) केन्द्रिय सदस्य तथा सुदूर पश्चिम प्रदेश सभा सदस्य माननीय वीरभान चौधरी रहेका थिए ।
बिशिष्ट अथितिमा नेकपा माओबादी(केन्द्र)का नगर अध्यक्ष छोटेलाल चौधरी, प्रदेश सदस्य ,सरु चौधरी , भजनी नगर सह इन्चार्ज जनक साउद, नगर सदस्य दुर्गा पुन, पंकज चौधरी,जगत विक,योङ्ग कम्युनिस्ट लिग(ycl) नेपालका जिल्ला संयोजक वसन्त सिह कार्की जिल्ला सदस्य रञ्जित लामा ,जनक विक,लगाएत रहेका थिए ।
सम्मेलनका बिच सुरेन्द्र प्रसाद जैशीको अध्यक्षतामा ४१ सदस्यीय भजनीनगर कमिटी बिस्तार गरिएको छ। जसको उपाध्यक्ष बुद्धिमान चौधरी, कृष्ण बोहरा ,सचीवमा गणेश विक सह-सचीवमा प्रेम विक, रामचरण चौधरी, कोषाध्यक्ष सीता चौधरी रहेकी छन। उक्त कार्यक्रममा नगर कमिटीमा ४१जना सदस्य रहने गरी समिती गठन गरिएको छ ।
यस लगत्तै पार्टी संगको सहकार्यमा नगरका ९वटै वडामा कमिटी बिस्तार गरिने अध्यक्ष सुरेन्द्र प्रसाद जैशीले जानकारी दिएका छन ।उक्त कार्यक्रमको स्वागत मन्तब्य भजनी नगर इन्चार्ज खेमराज पाण्डेयले गर्नु भएको थियो।भने कार्यक्रम सन्चालक कमल विश्वकर्माले गर्नु भएको थियो।