७ कार्तिक २०७८, आईतवार / Oct 24, 2021

एकै दिन कोरोना संक्रमणकाबाट लम्कीचुहा का २ जनाको मृत्यु

मंगल बास्काेटे
१६ बैशाख २०७८, बिहीबार १०:३५
40 Views

कोरोना संक्रमणका कारण कैलालीको लम्कीचुहा नग रपालिकाका २ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पछि बिभिन्न ठाउँका अस्पतालमा उपचारत २ जना संक्रमितको मृत्यु भएको हो । लम्कीचुहा नगरपालिका वडा नं.४ सगुनियाका चक्र बहादुर सार्की र लम्कीचुहा नगरपालिका वडा नं.१ का टीकाराम धमााको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
चक्र बहादुर सार्कीको सेती प्रादेशिक अस्पतालमा र टीकाराम धमालाको भेरी प्रादेशिक अस्पतामा उपचारको क्रममा मृत्यु भएको हो ।
आज मात्रै कैलालीका ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।लम्की चुहा नगरपालिका, कैलालीको घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र धनगढीउपमहानगरपालिकाका गरी जम्मा ६ जनाको कोराना संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकिय अधिकृत शिवराज जोशीले जानकारी दिए ।

Latest समाचार