८ असार २०७८, मंगलवार / Jun 22, 2021

कैलालीको भजनीमा अक्सिजन सहितको १५ शैयाको Covid-19 अस्पताल स्थापना

मंगल बास्काेटे
२२ बैशाख २०७८, बुधबार १५:५६
20 Views

खेमराज पाण्डेय
भजनी- २२ वैशाख
कैलालीको भजनी नगरपालिकाले कोरोनाको दोश्रो लहर फैलिएपछि १५ शैयाको अक्सिजन सहितको अस्थायी कोभिड १९ अस्पताल स्थापना गरेको छ ।

कोरोनाको दोश्रो लहर फैलिएपछि १५ शैयाको अक्सिजन सहितको अस्थायी कोभिड -१९ अस्पताल महुन्याल बहुमुखी क्याम्पस भजनी -१मा रहेको भवनमा सञ्चालनमा ल्याएको छ ।
१ चिकित्सक र २ स्टाफ नर्सलगायत अन्य स्वास्थ्यकर्मी सहितको टोलीले सेवा दिने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो । भजनी स्वास्थ्य शाखाका फोकस प्रसन्न कैलाश चौधरीले बताएका छन्।
नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले नगरपालिकाले आर्थिक खर्च तथा व्यवस्थापन गर्ने गरी अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको बताए छन् ।
नगर प्रमुख चौधरीले तत्कालका लागि १० लाख बजेट रकम छुट्याएर कोभिड संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि अस्पताल सञ्चालन गरिएको बताएका छन्।
हाल अस्पतालमा ८ वटा अक्सिजन सिलिण्डर रहेका छन् ।