८ असार २०७८, मंगलवार / Jun 22, 2021

युवाले गरे कैलालीको लम्कीमा इमर्जेन्सी हेल्प डेस्क स्थापना

मंगल बास्काेटे
२७ बैशाख २०७८, सोमबार ०५:४७
26 Views

दिन प्रतिदिन कोरोना भाइरस कोभिड-१९ को संक्रमणका  मानवीय क्षति हुन  थाले संङ्गै कैलालीको लम्कीमा इमर्जेन्सी हेल्प डेस्क स्थापना गरिएको छ ।कैलालीको लम्कीचुहा नगरपालिका वडा न १ लम्की चोकमा बिरामीहरुलाई सहयोग पुग्ने हेल्प डेस्क स्थापना गरिएको हो । लम्की क्षेत्रका युवाहरुको सक्रियतामा बिरामीहरुलाई आवश्यक पर्ने सूचना,एम्बुलेन्स तथा लम्की बजारमा भिडभाड व्यवस्थापन, मास्क वितरण लगायतका उद्देश्य सहित हेल्प डेस्क स्थापना गरिएको  युवा जनक सुनारले जानकारी दिएका छ्न । कोरोना संक्रमण पछि आवश्यक सल्लाह र ब्यवस्थापनको अभाबमा बिरामीको अकालमा मृत्यु हुन थाले पछि  यसको रोकथाम र नियन्त्रणका लागि संक्रमित भै सके पछि कहाँ जाने,एम्बुलेन्सको व्यवस्थापन कसरी गर्ने,बिरामीलाई अस्पतालको उपचार पहुँच सम्म कसरी पुर्याउने यस्ताको कुराको सबै जानकारी हेल्प डेस्क मार्फत मिल्ने उनले बताए ।विभिन्न अस्पताल र सामाजिक अभियान्ताहरुको सम्पर्कबाट अक्सिजन अभाब भएका बिरामीका लागि अक्सिजनका लागि पहल गरिदिने,दिर्घरोगीहरुलाई अस्पताल सम्म लैजान मद्दत गर्ने र आवश्यक औषधिहरु घर सम्मै पुर्याई दिने सम्मका सेवाहरु हेल्प डेस्कबाट उपलब्ध हुने हेल्प डेस्कका प्रकाश खनालने बताएका छन ।

आजबाट सुरु भएको Emergency Help Desk वाट अस्पताल र एम्बुलेन्सका फोन नम्बरहरु उपलब्ध गराउने ।मास्क अनिवार्य लगाउन सुझाब दिने । अक्सिजन प्रदान गर्नका लागि प्रयास गर्ने ।छाक टार्न गाह्रो परेका परिवारलाई सहयोग गर्ने र आवश्यकता अनुसार थप सेवा प्रदान गर्ने हेल्प डेस्ककै अशोक उपाध्यायले जानकारी दिएका छ्न ।
Emergency हेल्प डेस्कलाई सहयोग गर्न चाहाने र हेल्प डेस्कबाट सहयोग लिन चाहानेहरुले 9868096317 , 9811644617 ,98407281309848410321 , 9863322013 , 9804616934 यी मोबाईल नम्बरमा सम्पर्क गर्ने सक्ने उनले बताएका छन ।