११ असार २०७८, शुक्रबार / Jun 25, 2021

शिक्षा प्रणाली परिवर्तन गर,प्राबिधिक शिक्षा निशुल्क गर।

मंगल बास्काेटे
२८ बैशाख २०७८, मंगलवार ०४:००
48 Views

सबिता थापा

“प्राबिधिक शिक्षा आजको आवश्यकता” भनिएता पनि  शिक्षा क्षेत्रमा ” घोकन्ते शिक्षा ,रतन्ते बुद्धि ” भने परिवर्तन भएको छैन ।  परम्परागत शिक्षा र आधुनिक शिक्षा  क्षेत्रमा ” पाटी ” र  “कापी ” मात्रै हेरफेर भएको  तर शिक्षा  पद्धतिमा सिकाइ पुरातन मै सिमित भएको छ।
“समाजवादी शैक्षिक,जीवनोपयोगी सिप आजको आवश्यकता”मा सरकारले खासै चासो देखाएको छैन ।प्राविधिक शिक्षा आजको आवश्यकता हो भने प्राविधिक शिक्षा निःशुल्क गरिनुपर्छ ।

गरिबीका  छोराछोरीले  प्राविधिक शिक्षा पढ्न पाउने कि  नपाउने …??
एक घर एक  प्राविधिक  कहिले  हुने  ..? सहरीकरण शिक्षा कहिले सम्म ..? ग्रामीण क्षेत्रको विकास कहिले हुने ..? सरकार …! तिमि संग प्रश्न गर्न मन लाग्यो…? के तिमी जबाफ देहि छौं.?यो देश का योग्य युवा किन आज पनि विदेश को सपना  देख्छ..?
पि.एच.डि  पास  शैक्षिक  योग्यताको त्यो प्रमाणपत्र के काम जहाँ  राज्नैतिक ,कुटनैतिक चलखेल गरि जागिर पाउछ। शिक्षा क्षेत्रमा माफिया, राजनीति ,कुटनैतिक ,भ्रष्टाचार , कहिले सम्म .? माफियाले चलाएको देशमा शिक्षाको भेष परिवर्तन हुने कि नहुने ..?
खाईनखाई लाखौं पैसा तिरेर उच्च शिक्षा पढ्न शहर आउनुपर्ने ,कैयौं बर्ष पुराना   ल्याब सामाग्री प्रयोगमा गरिनुपर्ने यसमाथि बिषय वस्तुगत सामाग्री अपुग भै प्रयोगात्मक  परिक्षा सुनेको आधारमा गर्नुपर्ने जस्ता समस्या आज पनि हामीले भोग्नुपरेको छ।
गरिबले पनि पढ्न पाउनुपर्छ ,प्राबिधिक शिक्षा निःशुल्क हुनुपर्छ ।करोडौं भ्रष्टाचारमा होइन ,करोडौं बजेट  शिक्षा क्षेत्रमा लगाउनुपर्छ ।शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्छ । राज्यको दायित्व ,गुणस्तरीय शिक्षा , नागरिक दायित्व हुनुपर्छ ।यसमा पनि सौद्धान्तिक रुपमा प्राविधिक शिक्षा गुणस्तरीय हुनुपर्छ ।पाठ्यक्रम परिवर्तन गरिनुपर्छ।

देशमा संकटकालीन अबस्था छ तिमि एउटा कुर्सी मा बिबाद गरिरहेको छौ । तिमिलाई यो देश र जनताको चिन्ता होइन तिमि लाई तिम्रो कुर्सी को चिन्ता छ। धिक्कार छ मेरो देशको शासक लाई तिमि आफै सुरक्षित छैनौं, जनतालाई कसरि सुरक्षा दिन्छौं..?

सबिता थापा
रिब्दिकोट ७ बतासे पाल्पा ।
लेखिका सामाजिक अभियन्ता हुन ।