११ असार २०७८, शुक्रबार / Jun 25, 2021

कोरोना नियन्त्रणमा पुर्व सांसद बडुवालको सहयोग,छिट्टै अक्सिजनको ब्यवस्थापन गर्ने प्रतिबद्धता

मंगल बास्काेटे
२ जेष्ठ २०७८, आईतवार ०५:४५
35 Views

कैलाली निर्वाचन क्षेत्र नं.२ का संबिधान सभा सदस्य भगत बहादुर बडुवालले कोरोना भाइरस निन्त्रणका लागी स्वास्थ्य सामाग्रीको ब्यवस्थापन गरिदिएका छन । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.५ मा सहज युवा क्लबले थालनी गरेको स्वास्थ्य सामाग्री बितरण अभियानका लागी झण्डै ८ सय घर परिवारलाई पुग्ने गरि माक्स,सेनिटाईजर र सावुन लगाएतका स्वास्थ्य सामाग्रीको ब्यवस्थापन गरिदिएका हुन ।


कोभिडले सबै तिर क्षतविक्षत गरेको अवस्थामा जनताका लागी जनचेतना जोगाई कोरोना नियन्त्रण गर्न सहज युवा क्लबले थालनी गरेको स्वास्थ्य सामाग्री बितरण कार्यक्रममा एउटा प्रतिनिधि र ब्यवसायीका हिसावले स्वास्थ्य सामाग्रीको ब्यवास्थापन गरेको संबिधान सभा सदस्य बडुवालले बताए ।
यस्तो महामारीबाट बच्नका लागी जे जति गर्न सकिन्छ गरौ भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री बितरणमा थोरै भए पनि सहयोग गरेछु उनले भने “महामारीबाट जनतालाई जोगाउनका लागी मैले कहा कसरी सहभागिता जनाउनु पर्छ म तयार छु उनले भने ‘यति बेला देशभरका बिभिन्न अस्पतालमा अक्सिजनको अभाबले गर्दा कोरोना संक्रमीतको अकालमा ज्यान गएको तितो यथार्तलाई मैले बुझेको छु,त्यो समस्या यस क्षेत्रमा पनि छ । अक्सिजनकै ब्यवस्थापनका लागी धेरै दिन देखी लागी परेको उनले बताए । अक्सिजन ब्यवस्थानको पहल भईरहेको र ब्यवस्थापन हुने बित्तिकै स्थानीय सरकार तथा सम्बन्धित निकायलाई बुझाउने उनले बताए ।