९ असार २०७८, बुधबार / Jun 23, 2021

टीकापुर प्रहरीद्वारा अस्पताललाई ४० थान अक्सिजन सिलिन्डर सहयोग

मंगल बास्काेटे
५ जेष्ठ २०७८, बुधबार १५:११
20 Views

सुदिप बि.क
टीकापुर–५जेठ

ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीले टीकापुर अस्पताललाई ४० थान अक्सिजन सहयोग गरेको छ । कोरोना संक्रमीत बिरामीहरुको अक्सिजनको अभाबमा उपचारमा समस्या भएको तितो यथार्तलाई मध्यनजर गरि प्रहरीले बुधबार टीकापुर अस्पताललाई ५२ हजार बराबरको ४० थान अक्सिजन सिलिन्डर सहयोग गरेको हो ।
ईलाका प्रहरी कार्यालय टीकापुरले बिभिन्न दर्जामा रहेका प्रहरी र अस्थायी ट्राफिक पोष्टका प्रहरीले कोरोना सँक्रमण तिब्ररुपमा बढि रहदा टीकापुर क्षेत्रमा लकडाउनलाई प्रभावकारी बनाउन दिनरात नभनी सुरक्षा गरे सँगै अस्पताललाई आईपरेको बिपत्तिलाई आफुहरुले पनि समाना गर्नु पर्छ भन्ने सन्देश दिन प्रत्येक प्रहरी बाट ५ सयका दरले रकम सँकलन गरी ५२ हजार बराबरको करिब ४० थान अक्सिजन सिलिन्डर रिफिल गरेर टीकापुर अस्पताललाई उपलब्ध गराउदै उदाहरणीय कार्य भएको छ ।

टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावल, उद्योग वाणिज्य संघ टीकापुरका अध्यक्ष रामबहादुर भण्डारी एवं कार्यालयका प्रहरीको उपस्थितिमा ईप्रका टीकापुरका प्रमुख डिएसपी मधुसूदन न्यौपानेले अस्पताल व्यवस्थापन समितीका अध्यक्ष दिपक बहादुर रावललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको डिएसपी न्यौपानेले जानकारी दिए ।