११ असार २०७८, शुक्रबार / Jun 25, 2021

नेकपा माओवादी(केन्द्र) वडा नं.२ कमिटीद्धारा निःशुल्क अटो एम्बुलेन्स र हेल्प डेक्स सेवा सञ्चालन

मंगल बास्काेटे
५ जेष्ठ २०७८, बुधबार ०७:१६
42 Views

 

कैलालीको लम्कीचुहा नगरपालिकामा नेकपा माओवादी(केन्द्र) वडा नं.२ कमिटीले निःशुल्क आटो एम्बुेन्स सेवा सञ्चालन गरेको छ । कोरोना संक्रमीत बिरामीहरुका लागी आपतकालीन निःशुल्क आटो एम्बुेन्स सेवा नेकपा माओवादी(केन्द्र) वडा नं.२ कमिटी अध्यक्ष बालाराम जैसी र योङ् कम्युनिष्ट लिग(थअ)ि नेपालका सन्जु शाहीको संयुक्त पहलमा आपतकालीन निःशुल्क आटो एम्बुेन्स सेवा सञ्चालन गरिएको हो ।
निःशुल्क अटो एम्बुलेन्स संगै सबैमा जनचेतना जोगाई कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम गर्नका निमित्त आपतकालीन हेल्प डेस्क सेवा समेत सञ्चालन गरिएको छ ।

मनाकारी ब्यक्ती नेकपा माओबादी(केन्द्र) वडा नं.२ कमिटी अध्यक्ष बालाराम जैसीको बिषेश पहलमा कोरोना संक्रमण फैलिरहेको बेला बिरामी लाई अस्पताल सम्म जानका निमित्त आवश्यक पर्ने सवारी साधनको आभबलाई मध्यनजर गर्दै अटो एम्बुलेन्स सेवा सुचारु भएको हो ।
यस्तो महामारीमा मनकारी ब्यक्तित्व जैसी सबैका लागी सरथी बन्दै गएका छन । जनयुद्धका घाईते भए परिवारलाई मनकारी ब्यक्ती जैसीले केही दिन अघि मात्र आर्थिक सहयोग गरेका थिए भने लम्कीचुहा नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनकामा आवश्यक पर्ने केही सामाग्री किन्न २१ हजार २ सय २१ रुपैया सहयोग गरेका छन ।
यस्तो अवस्थामा सरकारी संयन्त्रको प्रयास मात्रले नपुग्ने हुदा नागरिक स्तरबाट समेत कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा भूमिका खेल्नुपर्ने भएकाले सानो प्रयास स्वरुप हेल्प डेस्क र निःशुल्क आपतकालीन आटो एम्बुेन्स सुचारु गरिएको नेकपा माओबादी (केन्द्र) की नेत्री बिमला सिहले बताईन । यस्तो संक्रमणकालीन अवस्थामा वडा नं.२ अन्तरगतका बिपन्न परिवार भित्रका कोही सदस्य बिरामी हुदा अस्पताल सम्म पु¥याउन सकिने अबस्था नभएको उनले बताईन । यति बेला ति बिपन्न परिवारका लागी यो निःशुल्क आटो एम्बुलेन्सले निकै प्रभाबकारी भुमिका खेल्ने उनले बिश्वास ब्यक्त गरिन ।
पहिलो चरणमा आटो एम्बुलेन्सको प्रभाबकारीतालाई हेरेर आगामी दिनमा अक्सिजन सहितको चारपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनमा ल्याउने योङ् कम्युनिष्ट लिग(थअ)ि नेपालका सन्जु शाहीले बताए ।त्यसका निमित्त सरकार,बिभिन्न सामाजीक संघसंस्था,ब्यक्तित्वहरुको सहयोग लिने उनले बताए ।
महामारीमा हेल्प डेस्क र अटो एम्बुेन्स सेवाले जनताहरु प्रत्यक्ष लाभाङ्गीत हुने स्थानिय भक्त राज धमालाले बताए ।
नेकपा माओवादी वडा नं.२ कमिटीको काम प्रति निकै खुसी भएको स्थानीय कृपा रोकायाले बताए । काही नहुनेको भगवान हुन्छ भने झै यस्तो बिपतमा बिपन्न जनताहरुका लागी यस्तो निकै स्वागत योग्य भएको उनले बताए ।
सेवा लिनको लागि ९८६०५३०५९३९८४५९९७२९८नम्बरहरुमा सम्पर्क गर्न सकिने छ ।