८ असार २०७८, मंगलवार / Jun 22, 2021

मनकारी दुर्गा बडुवाल‘हेमन’ले गरे लम्कीचुहा अस्पताललाई एम्बुलेन्स सहयोग

मंगल बास्काेटे
६ जेष्ठ २०७८, बिहीबार ०८:११
59 Views

नेकपा माओवादी (केन्द्र) का प्रदेश कमिटी सदस्य दुर्गा बहादुर बडुवाल“हेमन”ले लम्कीचुहा अस्पताललाई एम्बुलेन्स सहयोग गरेका छन । कोरोना संक्रमणकालीन अबस्थामा बिरामीहरुलाई ओसार पसार गर्न सहज होस भन्ने उदेश्य सहित अस्पताललाई कार एम्बुलेन्स सहयोग गरेका हुन ।
सबै सवारी सधानहरु ठप्प रहेका बेला एक समान्य परिवार आफ्नै पैसा खर्च गरेर अस्पताल सम्म आउन सक्ने अबस्था छैन भने लम्कीचुहा अस्पताल संग पनि प्रयाप्त सवारी साधनको आबभ छ । यस्तो बेला बिरामीहरुले सवारी साधनको अभाबमा ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्य सहित अस्पताललाई एम्बुलेन्स सहयोग गरेको मनकारी ब्यक्ती दुर्गा बडुवाल “हेमन”बताउछन ।


८० हजार रुपैया भाडा,ड्राईभर खर्च र ईन्धन आफुले तिर्ने गरि अस्पताललाई एक महिनाको लागी कार एम्बुलेन्स सहयोग गरेको उनले बताए । ंसामाजीक ब्यक्ती भएका कारण पनि यो माहामारी संग डटेर सामान गर्नका लागी सबै संग सहकार्य गरेर अगाडी बढ्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

लम्कीचुहा अस्पतालमा उपचार गराई रहेका बिरामीहरुलाई सवारी साधनको अभाबमा एक ठाउँबाट अर्काे ठाउँ सम्म लग्न निकै समस्या हुदै आएको छ । अस्पताललाई गरिएको एम्बुलेन्स सहयोगले अस्पतालको सेवा प्रभाबमा धेरै नै सहज हुने अस्पतालका ब्यवस्थापक जयन्द्र जैसीले बताए । उक्त एम्बुेन्स भित्र अक्सिजन जडान गरि बिरामीहरुका लागी प्रयोगमा ल्याउने उनले बताए ।