८ असार २०७८, मंगलवार / Jun 22, 2021

सहज युवा क्लबले गर्यो झण्डै १५ सय घरधुरीमा स्वास्थ्य सामाग्री बितरण

मंगल बास्काेटे
६ जेष्ठ २०७८, बिहीबार १३:५४
19 Views

कैलालीमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सहज युवा क्लबले स्वास्थ्य सामाग्री बितरण गरिएको छ ।जिल्लाको लम्कीचुहा नगरपालिका वडा न ५ मा रहेको क्लबले आफ्नो वडामा भएका प्रत्येक घर धुरीलाई विभिन्न स्वास्थ्य सामाग्री बितरण गरेको हो ।
क्लबले विभिन्न सामाजिक संघ संस्था,सामाजिक ब्यक्तित्वहरु संङ्ग सहयोग संकल गरि आफु पनि बचाै अरुलाई पनि बचाै भन्ने नारा सहित घर-घर मा गएर स्वास्थ्य सामाग्री वितरण गरेकाे सहज युवा क्लबका अध्यक्ष पदम तिरुवाले बताएका छन ।
द्रुत गतिमा फैलिदै गएको कोरोना संक्रमण समुदाय स्तरमा समेत पुगि सकेकाले कोरोना संक्रमण फैलिन बाट बच्न माक्स ,साबुन सेनिटाइजर लगाएतका स्वास्थ्य सामाग्री वितरण गरेको उनले बताए ।
वडा न ५ का १४ सय ८५ घरधुरीका चाहिने स्वास्थ्य सामाग्रीहरुको व्यवस्थापनका लागि संबिधान सभा सदस्य भगत बडुवाल,साबिक बलिया गाबिस अध्यक्ष बखत बिष्ट,नगर उधान मोहनलाल सामुदायिक बन,ज .जा.मा बि.चौरी ,समाजसेवी दिपक बिष्ट,नर्मदा सामुदायिक बन,समाजसेवी देबेन्द्र रावल,नेकपा माओवादी(केन्द्र)वडा ५ कमिटी अध्यक्ष प्रदिप मान सुनार,समाजसेवी महेन्द्र बिष्ट र कृष्ण कार्कि लगाएत ब्याक्तित्व तथा सामाजीक संघ संस्थाहरु गरेका थिए ।
क्लब अध्यक्ष तिरुवाले यो संक्रमण कालिन अवस्थामा निकै समस्यामा परेका परिवारहरुको पहिचान गरि समस्या समाधानको अभियान पनि केही दिनमै सञ्चालन गर्ने बताएका छन । साथै कोरोना संक्रमित बिरामीहरुलाई ओसारपसार गर्न अटो एम्बुलेन्सको ब्यवस्थापन तयारी भईरहेको जानकारी दिए ।