६ असार २०७८, आईतवार / Jun 20, 2021

नेकपा माओवादी (केन्द्र) वडा नं.२ कमिटी द्धारा बिपन्न परिवारलाई राहत बितरण

मंगल बास्काेटे
८ जेष्ठ २०७८, शनिबार ०७:१३
32 Views

नेकपा माओवादी(केन्द्र) लम्कीचुहा वडा नं.२ कमिटीले बिपन्न घर परिवारलाई राहतका सामाग्री बितरण गरेको छ । वडा नं.२ का अति बिपन्न ३ घर परिवारलाई वडा कमिटी अध्यक्ष बाला राम जैसीको पहलमा राहतका सामाग्री बितरण गरिएको हो ।
अति बिपन्न परिवारमा कोरोनाको माहमारीमा रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने चिन्ता छ । यस्ता घरपरिवारहरुको पहिचान गरि पहिलो चरणमा थारै भए पनि ३ अति बिपन्न परिवारलाई राहत सामाग्री बितरण गरिएको वडा नं.२ कमिटी अध्यक्ष बाला राम जैलीले बताए । पहिलो चरणमा सानो भए पनि अझै त्यस्ता परिवाहरुको खोजी ठुलो मात्रमा राहतका कार्यक्रमहरु ल्याउने प्रयासमा रहेका उनले बताए ।
राहतमा प्रति परिवार एक कट्टा चामल,२ के.जी दाल,२के.जी नुन,एक पाकेट सोडा,तेल,साबुन लगाएतका खाद्यन्न सामाग्री रहेको योङ कम्युनिष्ट लिग(थ्ऋी)सञ्जु शाहीले जानकारी दिए । राहत बितरण गरिएका परिवार दिर्घ रोगी,एकल महिला भएको उनले जानकारी दिए ।
साथै कारोना नियन्त्रणका लागी चुलीमालीका साहित्यीक युवा क्लबलाई सर्जिकल मास्क समेत बितरण गरेका छन ।