६ असार २०७८, आईतवार / Jun 20, 2021

सांसद रावलको पहलमा पाए तिन स्थानीय पालिकाले स्वास्थ्य सामाग्री

मंगल बास्काेटे
८ जेष्ठ २०७८, शनिबार ०६:१९
54 Views

प्रतिनिधि सभा सदस्य सांसद झपट बहादुर रावलको पहलमा ३ वटा स्थानीय पालिकाहरुलाई अक्सिजन सहित बिभिन्न स्वास्थ्य बितरण गरिएको छ । कैलाली निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद रावलको एकल पहलमा लम्कीचुहा नगरपालिका,बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकाका स्वास्थ्य संस्थाहरुका लागी अक्सिजन सहित कोरोन नियन्त्रण सम्बन्धी बिभिन्न स्वास्थ्य सामाग्री शनिवार बितरण गरिएको हो ।
संघिय सांसद रावलले आफ्नो ब्यक्तिगत पहलमा निर्वाचन क्षेत्र नं.२ का यि तिन स्थानीय पालिकाहरुलाई १५ सिलिण्डर अक्सिजन,४० लिटर सेनिटाईजर, ५थान कन्सल्ट्रेटर, २ सय थान पि.पि.ई,गमबुट २० जोर,सेप्टी चस्मा ४० थान र सर्जिकल मास्क ३ हजार ६ सय थान उपलब्ध गराएका छन ।
जस्मा लम्कीचुहा नगरपालिकालाई कन्सल्ट्रेटर ३ थान ,अक्सिजन सिलिन्डर ९ थान,अक्सिजन रेगुलेटर ९ थान,पि.पि.ई १ सय थान,सर्जिकल मास्क ३हजार ६ सय थान,सेनिटाइजर ३० लि.,गम बुट २० जोर र चस्मा सेफ्टी ४० थान स्वास्थ्य सामाग्री पठाएका छन भने बर्दयोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकाको लागी ५०÷५० थान पि.पि.ई,१÷१ थान कन्सल्ट्रेटर,३÷३ थान अक्सिजन सिलेण्डर र ५÷५ लि. सेनिटाईजर पठाएका छन ।
संघिय सांसद रावलले हिजो मात्र गाडीमा काठमाडौबाट स्वास्थ्य सामाग्री यस क्षेत्रका लागी पठाएका थिए । शनिवार बिहान लम्कीचुहा अस्पतालमा स्वास्थ्य सामाग्रीहरु ग्रहण गर्दै लम्कीचुहा नगरपालिकाका कार्यवाहक नगर प्रमुख लाल बहादुर बोगटीले यस्तो अवस्थामा जनताको जीवन रक्षाका लागी सांसद रावलले गरेको काम प्रति धन्यावद ज्ञापन गरेका छन ।
कैलालीको निर्वाचन क्षेत्र नं.२ मा कोरोनाले निकै अवस्था सिर्जना भएको कुरालाई मध्यनजर गर्दै सांसद रावलले बिभिन्न क्षेत्रमा ब्यक्तिगत पहल कदमी गर्दै स्वास्थ्य सामाग्री पठाएको उनका स्वकीय सचिब नेत्र भण्डारीले जानकारी दिए ।
धेरै अस्पतालहरुमा अक्सिजन तथा स्वास्थ्य सामाग्रीहरुको अभाब भईरहे पनि लम्कीचुहा नगरपालिकाका जनप्रतिनिधिहरुले लम्कीचुहा अस्पातालमा त्यसको भान हुन नदिएको अस्पतालका एम.बि.बि.एस डा.प्रकाश तिमिल्सेनाले बताए । सांसद रावलले पठाएको स्वास्थ्य सामाग्रीले अझै अस्पताल स्वास्थ्य सामाग्रीमा आत्म निर्भर हुन सफल भएको उनले बताए ।