११ असार २०७८, शुक्रबार / Jun 25, 2021

टीकापुर नगरपालिकाले अस्पताललाई दियाे १० लाख बराबरको अक्सिजन

मंगल बास्काेटे
११ जेष्ठ २०७८, मंगलवार ०७:५३
24 Views

सुदिप बि.क
टीकापुर-११ जेठ

कैलालीको टीकापुर नगरपालिकाले टीकापुर अस्पताललाई १० लाख ६१ हजार ५ सय बराबरको अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

काेभिड- १९ काे सँक्रमण भै अस्पताललमा उपचाररथ बिरामीहरुकाे उपचार तथा नियन्त्रणका लागि टीकापुर अस्पताललाई यस भन्दा पहिल्यै २० थान र मँगलबार २० थान गरी दुई चरणमा १० लाख ६१ हजार ५ सय रकम बराबरको अक्सिजन सिलिन्डर सहयोग गरेको हाे ।

सँगसँगै मँगलबार अस्पताललाई अक्सिजन सिलिन्डर हस्तान्तरण गर्दै नगरपालिकाले अक्सिजन प्लान्ट निर्माणका लागि रु २० लाख सहयोग गर्ने प्रतिबद्वता पनि जनाएको छ ।