११ असार २०७८, शुक्रबार / Jun 25, 2021

कैलालीको जोशीपुरमा महिलामाथि कुटपिट

मंगल बास्काेटे
१२ जेष्ठ २०७८, बुधबार ००:४३
22 Views

खेमराज पाण्डे
जोशीपुर– १२ जेठ

कैलाली जिल्लाको जोशीपुर गाउँपालिका–७, घैलाबौनियाँमा महिलामाथि कुटपिट भएको छ।

घैलाबौनियाँस्थित घैला गाउँको नहर चौराहामा स्थानीय जानकी जैसी (धमाला )माथि दुई युवाले गरी कुटपिट गरेका हुन्।

स्थानीय दीर्घराज ढुंगाना र मोहन भनिने डम्मरनाथ ढुंगानाले नाकको डाँडी भाँचिने गरी कुटपिट गरेको पीडित जैसीका श्रीमान् लोगराज जैसी धमालाले बताए।

‘बच्चा खेलिरहेका रहेछन्। सुरुमा मेरो १४ वर्षीय कान्छो छोरा गणेशलाई कुटपिट गरे। त्यसपछि जेठो छोरा १८ वर्षीय भुवनलाई कुटपिट गरे। आफूहरूमाथि कुटपिट भएपछि आफन्तको बिहेमा गएकी आमालाई गुहार्न बच्चाहरू गएका रहेछन्। विवाह घरबाट फर्किने क्रममा जानकीमाथि चोकमै हमला गरिएको थियो। उनले भने।

घटना वैशाख २३ गते दिउँसोको समयमा भए पनि थियो। आफूहरू उपचारमा व्यस्त रहेकाले ढिला गरी सार्वजनिक भएको जैसीले बताए। अहिले अभियुक्तलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय भजनीमा राखिएको भजनी ईलाका प्रहरी प्रमुख नर बहादुर साउदले बताए ।

पीडित महिलाको निसर्ग हस्पिटल धनगढीमा उपचार भइरहेको छ। उनको नाक भाँचिएको र दुई दाँत आधा टुटेका छन्। आँखा, गर्धन र छातीमा जैसीको गम्भीर चोट लागेको छ। स्थानीय प्रहरीले अभियुक्तलाई पक्राउ गरेर अनुसन्धान थालिएको जनाएको छ।

अहिलेसम्म पीडितले आफ्नै खर्चले उपचार गरिरहेको र अभियुक्तले उपचार खर्च समेत नदिएको गुनासो गरेका छन्। कोरोना त्रासकै बीच आर्थिक अभाव झेल्दै उपचार गरिरहेको जैसीले बताए।
यता भजनि ईलाका प्रहरी कार्यालय प्रमुख नर बहादुर साउदले भने दुई जनालाई पक्राउ गरि अदालतले म्याद थप गराएर अनुसन्धान भई रहेको बताए । जिल्ला अदालत कैलाली ज्यान मार्ने उदेगमा मुद्दा दर्ता गरेको प्रहरी प्रमुख साउदले बताए ।