९ असार २०७८, बुधबार / Jun 23, 2021

जेष्ठ २० गते सम्म निषेधाज्ञा लम्बियो

मंगल बास्काेटे
१२ जेष्ठ २०७८, बुधबार ०९:१५
15 Views

कैलाली जेष्ठ २० गते सम्म निषेधाज्ञा थपिएको छ । बुधबार जिल्ला कोभिड–१९ संकट व्यवस्थान केन्द्र (डीसीसीएमसी) ले थप १ साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

जिल्लामा ५ औं पटक एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

यसअघि वैशाख १६ गतेदेखि २२ गतेसम्म, त्यसपछि वैशाख २३ गतेदेखि वैशाख मसान्तसम्म र त्यसपछि वैशाख १ गतेदेखि वैशाख ६ गतेसम्म, ७ गतेदेखि १३ गतेसम्म निषेधाज्ञा थपिएको थियो ।

कोरोना संक्रमण झन बढ्दो क्रममा रहेको भन्दै निषेधाज्ञाको अवधि लम्बाउन निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।