११ असार २०७८, शुक्रबार / Jun 25, 2021

प्रतिगमनको बिरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

मंगल बास्काेटे
१२ जेष्ठ २०७८, बुधबार ०३:१३
30 Views

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा माओबादी (केन्द्र)को भात्रृ संगठन योङ कम्युनिष्ट लिग(थ्ऋी) नेपाल र अनेरास्ववियु क्रान्तीकारीले संयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.२ गणेशपुरमा संसद बिगठन लगाएत असंवैधानिक प्रतिगामी राष्ट्रघाती कदम भन्दै माओवादी (केन्द्र) सहित दुई भात्रृ संगठनले संयुक्त रुपमा नाराबाजी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पटक पटकको संसद माथीको अतिक्रमण र संबिधान माथीको कु का बिरुद्ध पुत्ला दहन गरेको माओवादी केन्द्र का वडा नं.२ कमिटी अध्यक्ष बालाराम जैसी बताए । जब सम्म संबिधानको रक्षा हुदैन तब सम्म प्रतिगमनका बिरुद्ध यस्ता कार्यक्रम गरिरहने उनले जानकारी दिए ।
पुत्ला दहन कार्यक्रममा
बिगठित प्रतिनिधि सभा – पुनर्स्थापना गर !, राष्ट्रघाती नागरिकता विधेक – खारेज गर !, वाईसीएल नेपाल – जिन्दावाद !, नेकपा (माओवादी केन्द्र ) – जिन्दावाद !! लगाएतका नारा लगाएका थिए ।
राष्ट्रघाती स्वच्छाकारी रुपमा गरिएको संसद बिगठन,मध्यवदिक निर्वाचन र नागरिकता विधयक एक षयन्त्रण भएको र यो षड्यान्त्रका बिरुद्ध सबैले एक ठाउँबाट लाग्नु पर्ने वाईसियल नेपालका केन्दीय सदस्य भरत न्यौपानेले आग्रह गरे
यो महामारीमा पनि स्वास्थ्य सुरक्षा सतकर्ता गर्दै प्रतिगमनका बिरुद्ध यो भन्दा ठुलो कार्यक्रम गर्ने उनिहरुले बताएका छन ।