७ असार २०७८, सोमबार / Jun 21, 2021

टीकापुरमा चोरीका घटना बढेसँगै अनुसन्धान जस्तै छुट्टै अभियान सुरु गर्न आवश्यक

मंगल बास्काेटे
१४ जेष्ठ २०७८, शुक्रबार ०४:०७
8 Views

सुदिप बि.क
टीकापुर–१४ जेठ

कैलालीको टीकापुर बजार क्षेत्रमा पछिल्लो समयमा दिनदिनै पसलहरु चोरि हुन थालेपछि नियन्त्रणका लागी अनुसन्धान जस्तै छुट्टै अभियान सुरु गर्न आवश्यक रहेको छ ।

लागुऔषध तथा दुर्व्यशनमा फसेका अधिकाँस युवाहरु चोरी कार्यमा बढि सँगलग्न हुने गरेकाले लागु औषध बिरुद्वको अनुसन्धान जस्तो जुन केहि महिना पहिले सुरु भएको थियो त्यो अभियान पुन सुचारु गरे चोरीका घटनाहरुमा कमि आउने व्यापारीहरुको भनाइ छ ।

गत बुधवार राति टीकापुर नगरपालिकाको सपिंग कम्प्लेक्स भवन बाट सुतारी मोबाइल ग्यालरी र रितुराज फेन्सी पसल चोरी भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी प्रमख डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनले केही दिन अघि बजार क्षेत्रमा रहेको आरोग्य मेडिकल हल, वैद्य सपिंग सेन्टर, अर्को जुत्ता पसल समेत चारी भएको भन्दै चोरीमा संलग्न समूहले पसलका सटरहरुको बिचबाट पाता निकालेर चोरी गर्ने गरेको बताए ।
एकपछि अर्को गर्दै लगातार पसलहरुमा चोरी हुनुले मुख्य बजार क्षेत्रमै सुरक्षा व्यवस्था कमजोर हुने गरेको भएकाले प्रहरले यस्तो गतिविधि गर्ने जोकोहि लाई नियन्त्रण लिनका लागि छुट्टै अभियान सुरु गर्नु पर्ने आव्हान गरेका छन ।

कोरोनाको दोश्रो लहर चलेसँगै लकडाउनको मौकाछोपी
रातिको समयमा मुख्य बजार क्षेत्रका विभिन्न पसलहरुमा दिनप्रतिदिन चोरी हुन थालेपछि यहाँका व्यवसायीहरु चिन्तित बनेका छन् ।

डिएसपी न्यौपानेले चोरीमा संलग्न केही व्यक्तिलाई नियन्त्रणमा लिई आफन्तको जिम्मा लगाएको बताउदै बजार क्षेत्रमा चोरिका गतिविधि नियन्त्रणका लागी सुरक्षा वयवस्था कडा पार्ने प्रयास गरिरहेको बताए ।