६ असार २०७८, आईतवार / Jun 20, 2021

प्रहरी ज्यादती बिरुद्ध मैले बोलेको हुँ –नगरप्रमुख महादेब बजगाई (यस्तो छ वास्तबिकता )

मंगल बास्काेटे
१४ जेष्ठ २०७८, शुक्रबार ०८:४७
112 Views

“घरमा भित्रबाहिर गर्नका लागी थोरै खोलीएको सटरलाई लिएर जनताको घरदैलोमा प्रहरीले बुट बजार्नु र अपाच्य शब्द बोल्दै गाली गर्नु मानबियता हैन । ब्यपारका लागी सटर खोलीएको नभएर घरमा आवतजावत गर्नका निमित्त र घरमा कतै झ्याल नभएकाले हावा जानका लागी मात्र सटर खोलीएको हो भनेर मैले भन्दा भन्दै बारम्बार गाली गलौच गर्दै सटरमा बुट हान्न थाले पछि जनताको प्रतिनिधि भएका कारण मैले बोल्नु परेको हो ।
त्यो दिन जनता माथी प्रहरीले ज्यादती गरैको हो ।
आखिर के थियो त वास्तबिकता ?

कोरोना भाइरस कोभिड–१९ को चेनब्रेक गर्न सरकारले निषाधज्ञा जारी गरेको छ । यो अबधीमा हप्ताको तीन दिन मात्र अत्याआवश्यक पसल (खाद्य पसल,तरकारी पसल र दुध डेरी) हरु मात्र खोल्न जिल्ला प्रशासन कार्यलयले सुचाना जारी गरेको छ । यसको पालना कैलालीको लम्कीचुहा नगरपालि क्षेत्रका ब्यपारीहरुले पनि गरेका छन । नियमको पालना गर्र्ने गराउने जिम्मा स्थानीय सरकारको पनि हो । लम्कीचुहा नगरपालिका पनि कोरोना नियन्त्रण अभियानमा सक्रिय रुपमा लागी परेको छ ।

प्रत्येक दिन ईलाका प्रहरी कार्यालय मोतिपुरको टोली भ्यानमा सर्लक्क लम्की बजार देखी हाईवे क्षेत्रमा घुम्ने गर्दछ । बजारमा कही कतै पसलहरु खुला देखे हपार्दै बन्द गर्न लगाउने ईलाका प्रहरी कार्यालय मोतिपुरको टोली जेठ १२ गते करिब साझ ६ बजेको समयमा साईरन बजाउदै मोतिपुर चोकमा पुग्यो ।
चोकैमा रहेको रेग्मी मोवाईल ग्यालरीको घर भित्र वाहिर गर्ने सानो ग्यालरीको सटर खुलै रहेको देखेर प्रहरीले हपार्दै बन्द गर्न भन्यो । तर भित्र रहेका घर मालिक तथा मोबाईल ग्यालरी सञ्चालक गणेश रेग्मीले त्यो कुरा सुनेन् । रेग्मीले प्रहरीको कुरा नसुने पछि प्रहरी आफैले घर भित्र बाहिर गर्न मात्र खोलिएको सानो सटर बन्द ग¥यो एक प्रत्येक्ष दर्शी स्थानीयले भने ‘त्यस पछि अर्काे तिर बन्द अबस्थामा रहेको सटरमा डिउटीमा गएका सबै जनाले पालैपालो बुट र लाठीले बजार्न थाले ।
यो बसै कुरालाई रेग्मी मोवाईल ग्यालरी नजिकै रहेको मेडिकलमा औषधी खरिद गर्नका लागी बसेका लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेब बजगाई देखिरहेका थिए ।
प्रत्येक्ष दर्शीका अनुसार प्रहरीले बारम्बार यस्तो हर्कत देखाई रहे पछि नगर प्रमुख महादेब बजगाई प्रहरीलाई यस्तो नगर्नुस भनेर सम्झाउन प्रयास गरे । तर नगर प्रमुखको कुरा नसुनेर आफुलाई राम्रो संग डिउटी गर्न दिनु पर्ने भन्दै प्रहरी नगर प्रमुख संग बाझिन पुग्यो । ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी नायव निरिक्षक रेवन्त बोहरा र नगर प्रमुख बिच केही समय सम्म चर्काचर्की भयो प्रत्येक्षदर्शीले भने“सोझा साझा जनता माथी अनाहकमा ज्यादती गर्दै दुख दिने काम नगर्न प्रहरीलाई आक्रोसमा पोख्दै भनेको थिए ।
वास्तबिक रुपमा प्रहरी माथी नगर प्रमुखको आक्रोस यो कारणले भएको प्रत्यक्षदर्शीले बताए ।

यस्तो महामारीको प्रत्येक्ष चपेटामा परेर घर भित्रै बसेका नगरका जनतालाई बिभिन्न बहानामा प्रहरीले दुख दिन थाले पछि बाध्य भएर आफुले प्रहरी माथी अक्रोस पोखेको नगर प्रमुख महादेब बजगाईले बताए । कोरोना नियन्त्रण लागी पसल बन्द गर्ने निउमा सोझा जनतामा माथी प्रहरी दमन,अत्याचार गर्न नमिल्ने उनले बताए । कोरोनाको चेन ब्रेक गर्नका लागी नगरपालिका हर प्रयास अबलम्बन गर्दै आएको छ । जनतालाई यो महामारीबाट बचाउनका लागी आफु नै संक्रमीत हुन पुगेको नगर प्रमुख बजगाईले बताए । कोरोनाको प्रथम लहरमा निषधाज्ञालाई सौहार्द रुपमा पुर्ण पालग गर्न तल्लीन रहेको भन्दै नगर प्रमुख बजगाईले प्रहरीलाई संयम भएर जनतालाई दुख नदिने गरि आफ्नो भुमिका निर्बाह गर्न आग्रह गरेका छन ।
पसल खुला रहेको सुचाना पाए पछि प्रहरी त्यो ठाउँमा गएको ईलाका प्रहरी कार्यालय मोतिपुरका प्रमुख प्रहरी निरिक्षक भरत शाहले बताए । उनले भने ‘मेयर साप सधैं प्रहरीलाई सहयोग गर्ने मान्छे हो अझै सहयोग गर्नु हुन्छ । तर त्यो दिन समन्वयको अभाबमा घटना घटेको उनले बताए ।