११ असार २०७८, शुक्रबार / Jun 25, 2021

रेडक्रसको समन्वयमा मर्सिकोर नेपालद्वारा टीकापुर अस्पताललाई स्वास्थ्य सामग्री बितरण

मंगल बास्काेटे
१४ जेष्ठ २०७८, शुक्रबार ११:०१
21 Views

रंगप्रसाद तिमिल्सैना
लम्की -१४ जेठ
मर्सिकोर नेपाल धनगढी कैलालीद्वारा टीकापुर अस्पताल टीकापुरलाई शुक्रबार विभिन्न स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित “ आर्थिक विकासको माध्यमबाट जोखिम व्यवस्थापन ( एमरेड) “ परियोजनाको समन्वयमा अस्पतालमा उपचाररत नयाँ भेरियन्ट सहितका कोभिड–१९ का बिरामीहरुका लागि अति आवश्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्री अस्पताललाई हस्तान्तरण गरिएको हो ।
उक्त अवसरमा सर्जिकल मास्क एक हजार पाँच सय थान , ग्लोब्स एक सय जोडा, सुपानेट झुल ६० थान र ५०० मिलीलीटरका एकसय थान हेण्ड सेनिटाइजर नेपाल रेडक्रस सोसाइटी कैलालीका सदस्य एवं टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले टीकापुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रेमकुमार राईलाई हस्तान्तरण गर्नुभएको हो ।
सामग्री वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा संचालित “ आर्थिक विकासको माध्यमबाट जोखिम व्यवस्थापन ( एमरेड) “ परियोजनाका परियोजना संयोजक धर्मप्रसाद बजगाई, अस्पतालका स्वास्थ्यकर्मी लगायतकाको उपस्थिति रकेको थियो