८ असार २०७८, मंगलवार / Jun 22, 2021

लम्कीचुहा नगरपालिकाले दियो अस्पताललाई २ वटा एम्बुलेन्स

मंगल बास्काेटे
१६ जेष्ठ २०७८, आईतवार ११:२१
59 Views

कैलालीको लम्कीचुहा नगरपालिकाले अस्पताललाई २ वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०७७÷७८ को बजेटमा ब्यवस्था भए बमोजिम नगरपालिकाले आईतवार अस्पताललाई २ वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
दुई एम्बुलेन्स मध्यबाट एउटा कोरोना संक्रमितका लागी प्रयोग हुने छ भने अर्काे अन्य बिरामीका लागी प्रयोग गरिने बताईएको छ ।
अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गर्दै नगर प्रमुख महादेब बजगाईले अस्पतालको माग बमोजिम देश ठप्प रहेका बेला पनि अस्पतालको मागलाई सम्बोधन गर्न सफल भएको बताए । सहुलियत स्वास्थ्य सेवा प्रदान गर्ने नगरपालिकाो उदेश्य बमोजिम सुत्केरी तथा गर्भबती महिलाका लागी निःशुल्क र अपाङ्ग तथा जेष्ठ नागरिकले विशेष छुटमा एम्बुलेन्स प्रयोग गर्न सक्ने उनले जानकारी दिए ।
अस्पताल संग आफ्नो एम्बुलेन्स नहुदा बिरामीहरुलाई अस्पताल सम्म ल्याउन र अन्य ठाउँमा रेफरका लागी कुनै संघ संस्था एम्बुलेन्स मागेर काम चलाउनु पर्ने बाध्यता थियो । अहिले नगरपालिकाबाट २ वटा एम्बुलेन्स प्राप्त गरिसके पछि अस्पतालको सेवा प्रभाहमा निकै सहज हुने अस्पतालका ब्यवस्थापक जयन्द्र जैसीले बताए ।
साबिक बालिया स्वास्थ्य चौकीका रुपमा रहेको स्वास्थ्य संस्थालाई नगरपालिकाले स्तरउन्नती गर्दै १५ शैयाको सामुदायिक अस्पालको रुपमा २० ७६ बिकास गरेको थियो । एमडिजिपि सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालमा अब कसैले पनि एम्बुलेन्सको अभाबमा मर्न नपर्ने अस्पतालका सदस्य सचिब गंगाराम उपाध्याय बताउछन ।यस्तो कोरोना माहामारीमा चार पाङ्ग्रे एम्बुलेन्सको अभाबमा आटो एम्बुलेन्स प्रयोग गर्न बाध्य यस क्षेत्रका जनता अब भने सर्ब सुलब रुपमा एम्बुलेन्स मिल्ने भए पछि खुसी भएका छन । एम्बुलेन्स २२ लाख ५ हजार लागतमा खरिद गरिएका हुन ।