४ असार २०७८, शुक्रबार / Jun 18, 2021

रेडक्रसद्धारा लम्कीचुहा आइसोलेशन र हेल्प डेक्सलाई स्वास्थ्य सामग्री वितरण

मंगल बास्काेटे
१७ जेष्ठ २०७८, सोमबार १०:१५
7 Views

देवानन्द न्यौपाने
लम्की/ जेठ १७
नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले सोमवार स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेको छ । उपशाखाकाले लम्कीचुहा नगरपालिका द्धारा वडा नम्बर २ गणेशपुरमा संचालित कोभिड-१९ अस्थायी अस्पताल ( आइसोलेशन ) र वडा नम्बर १ लम्कीमा रहेको इमर्जेन्सी हेल्प डेस्कलाई स्वास्थ्य सुरक्षा सामग्रीका साथै खानेपानी र कम्बल वितरण गरेको हो । आइसोलेशेनको आवश्यकता अनुसार उपशाखा सभापति तिमिल्सैनाले आइसोलेशन ब्यवस्थापक प्रमुख तप्त भण्डारीलाई उक्त सामाग्री हस्तान्तरण गरेका थिए । उपशाखाले गणेशपुरमा रहेको अस्थायी कोरोना अस्पतालाई ४ थान पीपीई सेट, १० थान कम्बल, एकसय थान KN95 मास्क र १० पेटी मिनरल वाटर सहयोग गरिएको उपशाखा सभापति रंग्रसाद तिमिल्सैनाले बताए ।
यसैगरी उपशाखाले लम्कीमा रहेको इमर्जेन्सी हेल्प डेस्कलाई दुई सय थान सर्जिकल मास्क, पाँच सय मिलिमिटरका २ बोटल सेनिटाजर र ५ पेटी मिनरल वाटर हेल्प डेस्कका प्रतिनिधि प्रकाश खनाललाई हस्तान्तरण गरिएको उपशाखा सभापति तिमिल्सैनाले जानकारी दिए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाटी कैलाली जिल्ला शाखाका कोषाध्यक्ष तथा बलिया उपशाखाका पुर्व सभापति मोतिप्रासद उपाध्याय, नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा उपसभापति खेमा थापा, सचिव विनोद आचार्य, कोषाध्यक्ष प्रेमराज मुडभरी, उपशाखा सदस्य नवराज बजगाई, देवानन्द न्यौपाने, एम्बुलेन्स चालक इन्द्रबहादुर शाही लगायतकाको सहभागिता रहेको थियो ।
उपशाखाले कोरोना भाईरस कोभिड १९ को दोस्रो लहर सुरु भएदेखि कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सामुदायिक रेडियो पश्चिम आवाज संगको सहकार्यमा जनचेतना मूलक रेडियो जिङ्गल प्रशारण, जिल्ला शाखाको सहकार्यमा नगरपालिकाका १० वटै वडाहरुमा जनचेतना मूलक सन्देश सहितको माइकिङ अभियान लगायतका कार्यक्रम सञ्चालन गदै आइरहेको छ ।