९ असार २०७८, बुधबार / Jun 23, 2021

कैलाली रेडक्रसद्वारा धनगढी सिमामा खाना खुवाउन खाद्यान्न सामग्री सहयोग ।

मंगल बास्काेटे
१९ जेष्ठ २०७८, बुधबार १४:२६
8 Views

रंगप्रसाद तिमिल्सैना
लम्की/ जेठ १९
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा द्वारा संचालित उत्थानशील नगर प्रबर्धन र सहभागिता कार्यक्रम अन्तर्गत भारत बाट नेपाल आउने नेपालीहरुलाई गौरीफन्टा नाकामा निशुल्क खाना खुवाउने अभियानका लागि खाद्यान्न सामान उपलब्ध गराएको छ ।
भारतबाट नेपाल आउनेहरुका लागि धनगढी उपमहानगरपालिका संगको सहकार्यमा रोयल कोराबोरेटिभ्सले धनगढी भन्सारमा संचालन गरेको नि:शुल्क खाना खुवाउने कार्यक्रमका लागि रेडक्रसले उक्त खाद्यान्न सामग्री सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी कैलालीका कार्यक्रम अधिकृत नरेन्द्र भट्टले बताए।
रेडक्रसले उक्त अवसरमा २१ बोरा मसिनो चामल, एकसय किलो मसुरोको दाल , एकसय किलो काउली चना दाना , ५ पेटी (५० लिटर) सन्फलावर तेल, एक पेटी प्याकिंग प्लेट , ५ बोरा आलु(२५०केजि), ५ बोरा प्याज (२५०केजि) उपलब्ध गराएको हो ।
उक्त सामाग्रीहरु धनगढी उप महानगरपालिका का मेयर नृपबहादुर वड र नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापती उत्तम जोशीले रोयल कोराबोरेटिभ्सका अध्यक्ष गजेन्द्र शाही लाई हस्तान्तरण गरेका हुन । सामान हस्तान्तरण गर्दै प्रमुख वडले नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखालाइ निरन्तर सहयोग र सहकार्यका लागि धन्यबाद दिनुका साथै आगामी दिनमा पनि बिपद जोखिम न्युनिकरणमा रेडक्रस संग सहकार्य गर्दै अगाडी बढने बताए ।