९ असार २०७८, बुधबार / Jun 23, 2021

सनराइज बैंक शाखा द्वारा भजनीमा स्वास्थ्य केन्द्र र आईसोलेसनमा स्वास्थ्य सामाग्री बितरण

मंगल बास्काेटे
२० जेष्ठ २०७८, बिहीबार ०३:२०
7 Views

खेम राज पाण्डे
भजनी -२० जेठ
कैलालीको भजनीमा रहेको सनराइज बैंक लिमिटेड शाखा कार्यालय भजनीले ९८ हजार ३सय १० रुपैया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
सनराइज बैंक लिमिटेड शाखा कार्यालय भजनीले कोरोना भाइरस (कोभीड- १९)प्रतिकार्यका लागि भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको अस्थायी कोभिड अस्पताल तथा आइसोलेसन केन्द्रलाई ९८ हजार ३ सय १०रुपैयाँ मूल्य बराबरको स्वास्थ्य सामाग्री भजनी नगरपालिकाका नगर प्रमूख शेर बहादुर चौधरीज्युलाई सनराइज बैंक शाखा भजनीका प्रबन्धक प्रमुख केशव दत्त कलौनीले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएका थिए।
तपसिलका स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको थियो। मास्क ६०० पिस,पल्स अक्सिमिटर १२ पिस,थर्मलगन ६ पिस (ज्वरो नाप्ने उपकरण),सेनिटाइजर ४ गेलन र फेस सिल्ड २० थान स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरिएको थियो।उक्त कार्यक्रममा भजनी नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा भजनी प्राथमिक स्वास्थ्य केन्द्रका ब्यबस्थापन समितिका अध्यक्ष रविन थापा, भजनी नगरपालिकाका कोभिड सम्पर्क व्यक्ति कैलाश थारु , भजनी प्राथमिक स्वास्थ्य केन्द्रका डा. भगवान श्रेष्ठ, सनराइज बैंक भजनी शाखाका कर्मचारी महेश चौधरी ,भजनी नगर स्तरिय मेलमिलाप केन्द्रका संयोजक जगत बि क र समाजसेबी अर्जुन सोप लगाएतको उपस्तिथि रहेको थियो । स्मरण रहोस् सनराइज बैंक भजनीले सामाजिक उत्तरदायित्व कार्य गर्दै आएको छ ।।