७ असार २०७८, सोमबार / Jun 21, 2021

घरदैलो अभियानमा भजनी नगरपालिका वडा नं.८

मंगल बास्काेटे
२१ जेष्ठ २०७८, शुक्रबार ०६:१२
20 Views

खेम राज पाण्डेय
भजनी–२१ जेठ
कैलालीको भजनी नगरपालिकाका वडा नं.८ का वडाअध्यक्ष सहितको टोली घर दैलो अभियानमा लागेको छ । कोरोना संक्रमणको महामारीमा आफ्ना वडाका जनताहरुका लागी अध्यक्ष पंकज चौधरी सहितको टोली घर दैलो अभियानमा लागेको हो । जननिर्वाचित कृष्णलाल धमाला , आधारभुत स्वास्थय सेवा केन्द्रका अहेव राज कुमार चौधरी र भजनी नगरपालिका कर्मचारी जय प्रसाद ढुङ्गाना लगाएतको टोली वडाका विभिन्न टोल गाउँ–गाउँ पुगेर घरदैलो शिबिर सञ्चालन गर्दै निःशुल्क रुपमा औषधि वितरण गरिरहेको छ । कोरोना संक्रमीतहरुलाई हौसला र कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई सान्त्वना दिनुका साथै त्यो बाट पर्न सक्ने मनोसामाजिक समस्या समाधानका लागी यो अभियान सञ्चालन गरिएको वडाअध्यक्ष चौधरीले बताए ।