७ असार २०७८, सोमबार / Jun 21, 2021

बेसाहराहरुको साहरा बन्दै प्रयास युवा क्लब टीकापुर

मंगल बास्काेटे
२१ जेष्ठ २०७८, शुक्रबार ०८:३८
23 Views

 

कैलालीको टीकापुरमा रहेको प्रयास युवा क्लब बेसाहराहरुको साहरा बन्द थालेको छ । गत बर्षको कोरोना महामारीमा जन्मिएको युवा क्लब बिभिन्न असाहयहरुको उद्धार गर्दै साहरा बन्न थालेको हो । बिभिन्न क्षेत्रमा सामाजीक काम गर्दै आएको क्लबले भर्खरै मात्र एक ७२ बर्षिया बृद्धाको उद्धार गरेको छ । टीकापुरको बिशाल नगर शिविरमा बस्दै आएकी साहरा बिहिन ७२ बर्षिया पबि तिमिल्सेनाको उद्धार गर्दै महिला सेवा केन्द्र महेन्द्रनगर पठाएको छ ।

महिनौ देखी भोकभोकै रोगले थला परेर आधा शरिर कुहिएको अबस्थामा फेला परेकी बृद्धा महिलाको क्लबले उद्धार गर्दै टीकापुर अस्पतालमा झण्डै १० दिन उपचार गरेको क्लबका सल्लाहकार बिक्रम शाहीले बताए । शिबिरबाट उठाउदा आधा शरिर कुहिएर किरा परेको थियो उनले भने¨ त्यहाबाट अस्पताल सम्म पु¥यायौ र उपचारमा सबै जना खटिदा अवस्था राम्रो भए पछि महिला बृद्धा सेवा केन्द्रमा पठाउन सफल भयौ ।
कुनै पनि बृद्धबृद्धालाई आफ्ना छोराछोरीहरुको कमि नहोस भन्ने उद्देश्यले यो सेवामा लागी रहेको क्लबका सल्लाहकार आशा भण्डारीले बताईन ।काम गर्ने दौरानामा स्थानीय सरकार,सामाजिक ब्यक्तित्व सबैबाट सकारात्म सुझाब सहित साथ पाईरहेको उनले बताईन ।

मानब सेवालाई पहिलो उद्देश्य राखेरै क्लबको स्थापना गरेको अध्यक्ष देब ओझाले बताए । दिन दुखी गरिब र बेसाहारा वर्गलाइ जनकल्याण र परोपकारी कार्य गर्नकै लागी स्थापित क्लबले बिभिन्न ठाउँमा बेवारिसे अबस्थामा फेला परेकाहरुलाई उद्धार गर्ने,खाद्यन्नको अभाबमा छटपटिएका परिवारको घरमा दाताहरुको सहयोगमा खाद्यन्न पु¥याउने लगाएतका कार्य गर्दै आएको अध्यक्ष ओझाले जानकारी दिए ।
क्लबले अहिले कोरोना भाइरस(कोभिड–१९) मा सबैले सहजै स्वास्थ्य उपाचर र परामर्स पाउन भन्ने उद्देश्य सहित टीकापुर अस्पतालको गेटमै ईमर्जेन्सी हेल्प डेस्क सञ्चालन गरेको छ । सुपर कर्णाली यातायात प्रा.लि ले स्वतस्फुर्त रुपमा सहयोग गरेको ओटो एम्बुलेन्सबाट सवारी साधानको आभाबमा अस्पताल सम्म आउन नपाएका तथा घर सम्म जान नपाएका बिरामीहरुलाई ल्याउन र छोड्न क्लबले मद्दत गरिरहेको छ ।