५ असार २०७८, शनिबार / Jun 19, 2021

भौतिक दुरि सहित नगर प्रमुख बजगाई निति तथा कार्यक्रमका लागी राजनीतिक दल र जनप्रतिनिधि संग छलफल गर्दै

मंगल बास्काेटे
२१ जेष्ठ २०७८, शुक्रबार ०३:३१
23 Views

कैलालीको लम्कीचुहा नगरपालिकाले बजेटको पुर्व सन्ध्यामा जनप्रतिनिधि तथा राजनीतिक दलहरु संङ्ग छलफल गरेको छ । आर्थिक बर्ष २०७८÷७९ को बजेट विनियोजन अगाडि यो महामारीमा भौतिक दुरि कायम राख्दै वडा न ७ का जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलहरु सग नगर प्रमुख महादेव बजगाईले छलफल गरेका हुन ।


नगरपालिकाको ८ औ नगर सभामा पेश हुने नीति तथा कार्यक्रम र बजेटका लागि पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड सहित गरिएको छलफल तथा योजना तर्जुमा कार्यक्रममा वडाका सम्पुर्ण क्षेत्रको प्रतिनिधित्व हुने गरि सबैको सहभागिता रहेको थियो ।
छलफलका बिच वडामा आफ्नै खेलमैदान नहुदा खेलाडीहरुले समस्या झेल्दै आएकोले आगामी आर्थिक बर्षमा सम्बोधन हुने खेलमैदानको ब्यवस्थापन गर्न युवाहरुले आग्रह गरेका छन ।


बाख्रा पकेट क्षेत्र भएकाले पशु सेवा केन्द्र आवश्यक रहेको स्थानीयले बताए । यो भन्दा अगाडीका आर्थिक बर्षमा सन्तुलित बजेट नआएको भन्दै आगामी आर्थिक बर्षमा सन्तुलित बजेट सहित सन्तुलित बिकास गरिदिन जनताहरुले आग्रह गरेका छन ।
यो महामारीमा पुर्ण स्वास्थ्य मापदण्ड अपनाउदै गरिएको छलफलमा आगामी बर्षको बिकास बजेटलाई ब्यवस्थित रुपमा विनियोजन गर्ने नगर प्रमुख महादेब बजगाईले प्रतिबद्धता ब्यक्त गरेका छन ।


तटबन्धन,शुद्दखाने पानी व्यवस्थापन,नदिका कारण सम्बन्ध बिच्छेद भएका क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल भैरहेको उनले बताएका छन ।
नगरका प्रत्येक बिद्यालयको अवस्था हेरी विद्यार्थी संख्याको आधारमा बिद्यालयमा कक्षाकोठा र फर्निचरको ब्यवस्थापन यथासिघ्र गर्र्ने बताए ।
साथै उक्त छलफल तथा भेलाका बिच वडा नं.७ को नव निर्मित वडा कार्यालयको भवन र स्वास्थ्य इकाई केन्द्रको चाभी नगर प्रमुख बजगाईले वडा नं.७ का वडाअध्यक्ष हरिराम चौधरीलाई हस्तान्तरण गरेका थिए ।