६ असार २०७८, आईतवार / Jun 20, 2021

स्वास्थ्य मापदण्ड अपनाउदै वडा नं.१ को कार्यालय र स्वास्थ्य इकाई भवनको उद्घाटन

मंगल बास्काेटे
२१ जेष्ठ २०७८, शुक्रबार ०२:१९
16 Views

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.१ को नव निर्मित वडा कार्यालय र स्वास्थ्य ईकाइ कार्यालय भवनको बिहिवार समुद्धघाटन गरिएको छ । कोरोना माहामारीमा स्वास्थ्य मापदण्ड अपनाई भौतिक दरी कायम राख्दै नगर प्रमखु महादेब बजगाईले दुबै भवनको समुद्धघाटन गरेका हुन ।
स्थानीय तहको निर्वाचन पछि स्थापित वडाकार्यलय अहिले सम्म भाडाको भवनमा सञ्चालीत थियो । ६० लाख ४८ हजार लागतमा वडा कार्यलयको सुबिधा सम्पन्न भवन भए पछि वडाले अब देखी आफ्नै कार्यालयबाट सेवा प्रदान गर्ने छ । आफ्नै सुबिधा सम्पन्न आफ्नै भवन भए पछि प्रत्येक सेवाहरु प्रदान गर्न सहज हुने बताईएको छ । साथै ४६ लाख २१ हजार बराबरको बजेटमा आधारभुत वडा स्वास्थ्य ईकाइको भवन निर्माण भएको हो ।
वडाको सेवा प्रवाह र सामान्य स्वास्थ्य उपचारका लागी कोही कसैले पनि महंगो निजि अस्पतालमा जान नपर्ने वडाअध्यक्ष जनक बहादुर बमले बताए । स्वास्थ्य ईकाइका लागी आवश्यक स्वास्थ्यकर्मि र स्वास्थ्य सामाग्री उपलब्ध गराउन अध्यक्ष बमले नगरपालिका संग आग्रह गरे ।
नगरबासीका लागी सहज र सर्वसलभ सेवका लागी नगरका प्रत्येक वडामा वडा कार्यालय निर्माण गरि सञ्चालनमा ल्याएको नगर प्रमुख महादेब बजगाईले बताए ।वडा कार्यालयले आगमी आर्थिक बर्ष २०७८÷०७९ को लागि वडा भेला समेत गरेको छ । कोराना संक्रमणको माहामारीमा वडाका सबै टोलमा जन नसके पनि प्रतिनिधित्व हुने अगुवाहरुलाई बोलाएर छलफल गरेको वडाअध्यक्ष बमले बताए ।