११ असार २०७८, शुक्रबार / Jun 25, 2021

लम्कीचुहा वडा नं.४ ले गर्यो आगामी आर्थिक बर्षका लागी सुझाब संकलन

मंगल बास्काेटे
२४ जेष्ठ २०७८, सोमबार ०८:०४
17 Views

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.४ ले आगामी आर्थिक बर्षका लागी सुझाब संकलन गरेको छ । वडाले ८ औ नगर सभामा पेस गर्ने आगामी आर्थिक वर्ष २०७८/७९ का निति तथा कार्यक्रम सोमवार वडावासीहरुबाट संकलन गरेको हो ।वडावासीहरुले विकास निर्माणका योजना सहित भूमिहीन दलित, भूमिहीन सुकुम्बासीहरुका लागि सस्तो मूल्यमा खाद्यान्नको राशन कार्डको व्यवस्था, निःशुल्क स्वास्थ्य बीमा, निःशुल्क स्वास्थ्य उपचार र लक्षित बर्गका बालबालिकाका लागि निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।वडावासीहरुको सुझाव प्रति आफू सकरात्मक भएको लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले बताए।‘यस वडामा विकास निर्माण धेरै गतिविधी भएका छन् । विद्यालयमा भवन, कालोपत्रे, शुद्ध खानेपानीको क्षेत्रमा काम भएको छ ।’ नगर प्रमुख बजगाईले भने,‘अहिले आएका सुझावहरू प्रति म सकारात्मक छु । जनताको दैनिक जीवनलाई सहज पार्नका लागि यस्ता खाले थुप्रै कार्यक्रम ल्याइने छ ।वडा भेलामा वडा नं.४ का वडाअध्यक्ष लाल बहादुर बोगटीले चालु आर्थिक बर्षमा वडामा आएको बजेटबाट सम्पन्न योजना तथा कार्यक्रमका बिषयमा वडावासीहरुलाई स्पष्ट पारेका थिए ।लम्कीचुहा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष लाल बहादुर बोगटी, वडा सदस्यहरू, वडावासीहरुको उपस्थितमा सो कार्यक्रम सम्पन्न भएको छ ।
नीति तथा कार्यक्रम र बजेटका लागि वडा स्तरीय सुझाव संकलन कार्यक्रममा वडासदस्य, बिभिन्न राजनितिक दलका प्रतिनिििध,वडावासीहरुको सहभागिता रहेको थियो ।