८ असार २०७८, मंगलवार / Jun 22, 2021

स्वास्थ्यकर्मी कुवर र पत्रकार जैशिद्वारा चुरेका ५० परिवारलाई राहत वितरण

मंगल बास्काेटे
२४ जेष्ठ २०७८, सोमबार ०२:५२
16 Views

कैलालीमा स्वास्थ्यकर्मी र पत्रकारको संयुक्त पहलमा राहत वितरण गरिएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नं.४ बाटेगडामा बढिमालिका पोलिक्लिनिक चौमालाका सञ्चालक स्वास्थ्यकर्मी जगदीश कुवर र रेडियो सुनौलो एफएम मसुरियाका प्रबन्ध निर्देशक पत्रकार खकेन्द्र जैशिको ब्याक्तिगत सहयोग र पहलमा राहत बितरण गरिएको हो ।
कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सरकारद्धारा वैशाख १६ गते देखी कैलालीमा गरेको निषेधाज्ञाका कारण प्रत्येक्ष चपेटामा परि दुई छाक टार्न समेत कठीन भएका ५० परिवारलाई राहत सामाग्री बितरण गरिएको बडिमालिका पोलिक्लिनिकका प्रवन्ध निर्देशक जगदिश कुँवरले बताए ।

चौमालामा रहेको बडिमालिका पोलिक्लिनिकका सञ्चालक जगदिश कुँवरको अध्यक्षतामा भएको उक्त राहत वितरण कार्यक्रमका प्रमुख अथिती चुरे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण मल्ल रहेको थिए । त्यसैगरी अथितीमा सरस्वति आ. वि. का अध्यक्ष कर्ण बहादुर बरैँ, बसन्त हरियाली सा.व.का अध्यक्ष नर बहादुर बरैँ, सरस्वति आ.वि.का प्र.अ. राजेन्द्र बरैँ, समाजसेवि बुद्धिजिवी पुर्ण ब. तारामी, कृषि समुहका अध्यक्ष भावना साउँद, कलाकार जिवन गुरुङ्ग, बडिमालिका पोलिक्लिनिकको स्वास्थकर्मी खुशि सापकोटा र दुर्गा जोशि, रेडियो सुनौलो एफ.एमका स्टेशन म्यानेजर मञ्जु भण्डारी लगाएत स्थानियको सहभागितामा राहत वितरण गरिएको हो ।
यो महामारीको विषम परिस्थितिमा पनि घरदैलोमै पुगि राहत पाउँदा आफुहरु निकै खुशि भएको स्थानियले बताएका छन् ।
कार्यक्रमको सञ्चालन कैलालीको मसुरियामा रहेको रेडियो सुनौलो एफ.एमका प्रवन्ध निर्देशक खकेन्द्र जैशिले गरेका थिए ।