६ असार २०७८, आईतवार / Jun 20, 2021

नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन तथा वडा भेला सम्पन्न

मंगल बास्काेटे
२५ जेष्ठ २०७८, मंगलवार ०८:२३
11 Views

दिपक टमट्टा
लम्की–२५ जेठ
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ को नवनिर्मित वडाकार्यालय र स्वास्थ्य ईकाइ भवनको उद्घाटन गरिएको छ । सोमबार भौतिक दुरी कायम राख्दै पुर्ण स्वास्थ्य मापदण्डका साथ वडा कार्यालय र स्वास्थ्य ईकाइ भवनको उद्घाटन गरिएको हो ।
स्थानीय तहको निर्वाचन पछि स्थापित वडाकार्यलय अहिले सम्म भाडाको भवनमा सञ्चालन थियो । ६० लाख ७४ हजार ४ सय ७७ रुपैया लागतमा वडा कार्यलयको सुबिधा सम्पन्न भवन भए पछि वडाले अब देखी आफ्नै कार्यालयबाट सेवा प्रदान वडाले जानकारी दिएको छ । आफ्नै सुबिधा सम्पन्न भवन भए पछि प्रत्येक सेवाहरु प्रदान गर्न सहज हुने वडाअध्यक्ष माया बिष्टले बताईन । साथै ३५ लाख (बिलो सहित) को बजेटमा आधारभुत स्वास्थ्य ईकाइको भवन निर्माण सम्पन्न संगै सेवा प्रवाह समेत सुचारु भईसकेको छ । वडाको सेवा प्रवाह र सामान्य स्वास्थ्य उपचारका लागी कोही कसैले पनि महंगो निजि अस्पतालमा जान नपर्ने वडाअध्यक्ष बिष्टले बताईन ।
नवनिर्मित वडा कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख महादेब बजगाईले बिकास निर्माणको सवालमा अरु स्थानिय तह भन्दा लम्कीचुहा नगरपालिकाले बेसीनै गरेको बताएका छन । ५ बर्षे कार्यकालमा जनतालाई हिलो मात्र नभएर धुलो मुक्त नगरपालिका घोषण गर्ने आफ्नो लक्ष्य रहेको बताए । वडा भेलाबाट आएका बिभिन्न वडाका निति तथा कार्यक्रमहरुलाई बिशेष प्रथामिकतामा राख्ने बिश्वास ब्यक्त गरेका छन ।
साथै
वडाले आगामी आर्थिक बर्ष २०७८÷७९ को निति तथा कार्यक्रमका लागी वडा भेला समेत सम्पन्न गरेको छ । वडाले ८ औ नगर सभामा पेस गर्ने योजना तर्जुमाका लागी वडावासीहरुबाट योजनाहरु संकलन गर्दै वडा भेला सम्पन्न गरेको हो । वडा भेलाका बिच जनताहरुलाई आफुहरुलाई रोजगारीको अबसर प्रदान गर्ने खालका कार्यक्रम ल्याउन सुझाब दिएका थिए ।
वडा भेलामा प्रत्येक टोलको प्रतिनिधित्व हुने गरि यो कोरोना संक्रमणकालीन अबस्थामा सिमित ब्यक्तीहरुको मात्र उपस्थिति रहेको थियो । भेला बिच बिभिन्न टोलका योजनाहरु मौखिख र लिखितमा रुपमा समेटिएको थियो ।