६ श्रावण २०७८, बुधबार / Jul 21, 2021

आरपिएन ग्रुपको समन्वयमा कैलालीका ३ स्थानीय पालिकामा स्वास्थ्य सामाग्री वितरण

मंगल बास्काेटे
३१ जेष्ठ २०७८, सोमबार ०३:४५
11 Views

सुदिप बि.क
टीकापुर–३१ जेठ

कैलालीको टीकापुर स्थित युवा समूह आरपिएन गुरुप नेपाल टीकापुरको समन्वयमा शनिबार र आईतवार करिब ५० हजार बराबरको स्वास्थ्य सामग्री टीकापुर,जानकी र जोशिपुरमा ५० हजार बराबरको सामाग्री वितरण वितरण गरिएको छ ।
कोरोना माहामारीको बिषम परिस्थितिमा दिनरात नभनि बिरामीको अवस्था सुधार गर्न लागिरहेका टीकापुर अस्पताल, जोशिपुर स्वास्थ्य चौकी,जानकी गाउँपालिकाको स्वास्थ्य चौकि,नारायणपुर स्वास्थ्य चौकि पथरैया स्वास्थ्य चौकि गरी ५ वटा स्वास्थ्य सँस्थालाई ५० हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
मानवीय सेवा गर्नु सबै मानवको धर्म हो भन्दै टीकापुर नगरपालिका वडा न १ निवासी दीपक कुमार दास उनका भाई प्रदीप दास गरी दुई भाईले स्वास्थ्य सामग्री अन्तर्गत सेनिटाईजर,सर्जिकल माक्स,सर्जिकल ग्लोब्स, डिटोल साबुन र सिटामोल ट्याबलेट वितरणका लागी सयुक्त रुपमा ५० पचास हजार नगद आर्थिक सहयोग गरेको आरपिएन गुरुपका अभियान्ता जुगराम डगौराले बताए ।
आरपिएन गुरुप टीकापुरका अभियान्ता डगौराले अर्का अभियान्ता डम्बर जैशि र आफ्नो समन्वयमा समुदायमा आईपर्ने बिपत्तिहरुको सबै मिलेरसामना गर्नु पर्छ भन्ने सन्देश दिनका लागी ग्रुुपको स्थापना गरेको बताउदै समाजिक कार्यमा युवाहरु सधै एकजुट हुनु पर्ने बताए ।