५ कार्तिक २०७८, शुक्रबार / Oct 22, 2021

गाउँमा कालोपत्रे सडक बन्न थालेपछि स्थानीय बासी खुसी

मंगल बास्काेटे
३१ जेष्ठ २०७८, सोमबार ११:५८
44 Views

धर्मेन्द्र बिष्ट
जेठ ३१ जोशीपुर
कैलालीको जोशीपुर गाउँपालिका वडा नं ३ वन्जरियामा पहिलो पटक कालोपत्रे सडक निर्माण कार्य शुरू भएपछि स्थानीय बासी खुसी भएका छन । जोशीपुर गाउँपालिकाको आर्थिक वर्ष ०७७/०७८ २० लाख लागत अनुमान रहेको बजेटमा १० लाखको ठेक्का सम्झौतामा जि एण्ड जे निर्माण सेवा धनगढीले कालोपत्रे सडक निर्माण को काम शुरु गरेको हो । काढाँ नदी किनार देखि शंकर सामुदायिक वन जाने बाटो को कालोपत्रे सडक निर्माण को काम भईरहेको हो ।स्थानीय लाल जी डगौराले भने राम्रो सडक नहुँदा पहिले बर्षायाममा हिलो तथा हिउँदमा धुलो ले हैरानि निकै दुःख भोग्दै आएका यहाँका जनतालाई अब भने आवतजावतमा सहज हुने बताए। वन्जरियाका भु पु भल्मन्सा जगतराम चौधरीले सडक निर्माण हुदा सबै जनतालाई फाइदा हुने काम भएको बताए । जोशीपुर गाउँपालिका योजना शाखा का सब ईन्जिनियर गोकुल जोशी ले गुणस्तरिय तथा ईस्टीमेट अनुसार काम भईरहेको बताए । यता जि एण्ड जे निर्माण सेवा ले समयमै काम सम्पन्न गर्ने बताएको छ । जोशीपुर गाउँपालिका वडा नं ३ वडा अध्यक्ष किशोर कुमार कठरियाले पहिलो चरणमा ४१५ मिटर कालोपत्रे सडक निर्माण हुने तथा यस लाई क्रमागत रुपमा रामनगर शिविर , भंगैया सम्म सडक जोड्ने योजना रहेको बताए ।

Latest समाचार