२ कार्तिक २०७८, मंगलवार / Oct 19, 2021

दुर्लभ वन्यजन्तु संरक्षणको प्रयास

मंगल बास्काेटे
१ असार २०७८, मंगलवार १०:२७
42 Views

धर्मेन्द्र बिष्ट
जोशीपुर-१असार
कैलालीको बसन्ता जैविक मार्ग (वड्का वनुवा ) पुर्वी भाग संग सिमाना जोडिएको वन ग्रीन ल्याण्ड सामुदायिक वन का युवा जैविक विविधता तथा वन्यजन्तु संरक्षणको प्रयासमा जुटेका छन ।कुल ८६ हेक्टर क्षेत्रफलमा फैलिएको यो वनमा विगत मा दुर्लभ वन्यजन्तु एशियन हात्ती,पाटे बाघ, आवत जावत गर्ने गरेको स्थानीय वनका पुर्व अध्यक्ष कृष्ण डगौरा बताउँछन्। नजिकै सिमसार क्षेत्र रहेको वन मा विभिन्न किसिमका चरा समेत पाइन्छन् । यसका साथै दुर्लभ गिद्ध,निल गाई, पुड्के बँदेल, मयुर समेत वनमा रहेको पाइन्छ। वन्यजन्तु संरक्षण एेन २०२९ मा सुचिकृत अजिंगर समेत पाइने गरेको छ।जैविक विविधता संरक्षण , प्राकृतिक बासस्थान को संरक्षण,यथा स्थान प्रास्थीतिक प्रणाली (eco system)को संरक्षण स्थानीय वन समुहका युवा कम्मर कसेर जुटेका छन्।रातको समयमा गस्ति गर्न सहजता का चोरी सिकार नियन्त्रण समुहका ५ जना टर्च लाईट समेत वितरण गरिएको चोरी सिकार नियन्त्रण समुहका संयोजक रामकुमार चौधरीले बताए। घना वन रहेको देवलदार ,सतभौरी मा दुर्लभ वन्यजन्तु पाइन्छन्।यस वर्ष खुला चरीचरण निषेधीत गरिएको सो वनमा करिब ७ बिगाहा क्षेत्रफलमा तारबार लगाउन लागेको वनका अध्यक्ष अमित कठरियाले बताए। नजिकै बस्ती रहेको तथा छाडा पशु चौपाया का कारण सामुदायिक वन उपभोक्ता समूहले १लाख ५० हजार बराबरको लगानीमा ब्लक क खण्ड तारबार गरिएको कठरिया बताउँछन्। कैलालीका स्थापित संरक्षणकर्मी विजय राज श्रेष्ठका अनुसार स्थानीय समुहले दुर्लभ वन्यजन्तु संरक्षणको लागि नविन प्रयास, तथा मौलिक प्रयास गरिएको बताएका छन् ।