३ कार्तिक २०७८, बुधबार / Oct 20, 2021

कैलाली र बर्दिया जोड्ने पुल भासियो ,आवागमन बन्द

मंगल बास्काेटे
१२ असार २०७८, शनिबार १३:०३
28 Views

टीकापुर -११असार
कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको पुल भासिएको छ । इलाका प्रहरीका  कार्यालय सत्तीका अनुसार पुलको पूर्वतर्फको भाग भासिएको छ ।
नदीले पूर्वतर्फको भाग काट्न थालेको छ । अहिले पुलमा आवागमन बन्द गरिएको छ ।
हाम्रो पत्रमा प्रकाशित समाचारमा नदी कटान रोक्नका लागि प्रयास भैरहेको छ । इलाका प्रहरी कार्यालय राजापुरबाट सुरक्षाकर्मी खटिएका छन् उल्लेख गरिएको छ ।
यो पुल हुलाकी राजमार्ग अन्र्तगत निर्माण भएको हो । पुल निर्माण भएसँगै पूर्वतर्फको भागमा नदीले हरेक वर्ष कटान गर्दै आएको थियो ।
यो पुल निर्माण भएपछि कैलाली र बर्दिया जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो । विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका थिए भने साना सवारीका साधन समेत सञ्चालनमा आएका थिए ।
पुल रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि समयावधि भन्दा झण्डै नौ महिना अगाडि निर्माण सम्पन्न गरेको थियो ।