७ कार्तिक २०७८, आईतवार / Oct 24, 2021

रेडक्रसद्धारा मुक्त कमैया र बादी बस्तीमा बाह्र हजार मास्क वितरण

मंगल बास्काेटे
१२ असार २०७८, शनिबार १२:५१
20 Views

रेडक्रसद्धारा मुक्त कमैया र बादी बस्तीमा बाह्र हजार मास्क वितरण
लम्कीअषाढ १२
नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीले लम्कीचुहा नगरपालिका वडा नम्बर १ र ३ मा रहेका मुक्त कमैया शिविर र बादी बस्तीमा मास्क वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको समन्वय र युएनडिपीको सहयोगमा उक्त सामग्री वितरण गरिएको हो ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ को एकतानगर मुक्त कमैया शिविरमा ३ हजार पाँच सय , वडा नम्बर ३ बादी बस्तीमा ५ हजार र वडा नम्बर ३ बल्चौर मुक्त कमैया शिविरमा ३ हजार ५ सय मास्क वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैनाले जानकारी दिए ।
मास्क वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति उत्तम जोशी, लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भक्तबहादुर चलाउने , कैलाली जिल्ला शाखा कोषाध्यक्ष मोतिप्रसाद उपाध्याय, जिल्ला सदस्य दिनेश लामिछाने , नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापति रंगप्रसाद तिमिल्सैना, उपशाखा सचिव बिनोद आचार्य , उपशाखा सदस्य नवराज बजगाई लगाएतकाको उपस्थिति रहेको थियो ।
यस अघि समेत बलिया उपशाखाले लम्कीचुहा नगरपालिकाद्वारा संचालित आइशोलेशन, लम्की हेल्प डेक्स, इलाका प्रहरी कार्यालय लम्की र चिसापानीलाई समेत स्वास्थ्य सामग्री वितरण गरेको थियो ।

Latest समाचार