५ कार्तिक २०७८, शुक्रबार / Oct 22, 2021

बाल कल्याण संघ टिकापुरद्धारा भजनीका १४ घरपरिवारमा राहत वितरण

मंगल बास्काेटे
१३ असार २०७८, आईतवार १६:४१
30 Views

खेम राज पाण्डेय
भजनी–१३ असार
भजनीका बस्तीमा रहेका १४ घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । भजनी नगरपालिका वार्ड न ५ र ७ मा बाल कल्याण संघ टिकापुर कैलाली र वल्र्ड भिजन ईन्टरनेश्नल नेपालको साझेदारिमा संचालित एकीकृत संरक्षण तथा सामुदायिक सहभागीता परियोजना अन्तर्गतमा कोभिड १९ बाट प्रभावित तथा अति जोखिममा रहेका बालबालिकाहरुलाइ खाद्यान्न सामाग्री सहयोग गर्नु भएको हो। उक्त कर्यक्रममा नेपाल कभर परियोजना चरण २ले भजनी न पा वार्ड नं ५ का ७ जनालाई र भजनी न पा वार्ड न ७ का ७ जनालाई गरी जम्मा१४ परिवारलाई ३४३५ रुपैयाँका दरले उक्त खाद्यान्न सामग्री वितरण गरिएको थियो।चामल ३० किलो,दाल ३ किलो, चिनी २ किलो , तेल २ लिटर, हात धुने साबुन ४ वटा र आयोडिन नुन २ पाकेट गरि प्रत्येक ब्यक्ति लाई रु ३४३५ रुपैँया मात्र बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको थियो। उक्त कर्यक्रमका अतिथिमा भजनी वडा नं ७ का वडाअध्यक्ष अमर वहादुर कठरिया, वडा नं ५का वडा सदस्य टीकाराम डगौरा र भजनी वडा नं ५का वडासचिब छत्र कोइरालाले उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रमको सहजीकरण सामाजिक परिचालक निर्मला शर्माले गरेकी थिइन्।

Latest समाचार