७ कार्तिक २०७८, आईतवार / Oct 24, 2021

रेडक्रस सोसाइटी कैलाली शाखाद्वारा सामग्री हस्तान्तरण

मंगल बास्काेटे
१४ असार २०७८, सोमबार १५:२७
23 Views

खेम राज पाण्डे
भजनी-१४ असार
कैलाली नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाद्वारा सामग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा द्वारा नेरेसो केन्द्रिय कार्यालय काठमाडौं र डेनिस रेडक्रसको साझेदारीमा संचालित आपतकालीन प्रतिकार्यका लागि पूर्वतयारी कार्यक्रम अन्तर्गत महामारी , विपद् आपतकालीन अवस्थामा प्रयाेग हुने तपसिलका सामग्रीहरु हस्तान्तरण गरिएको थियो।
उक्त सामाग्री भजनी नगरपालिकाका नगर प्रमूख शेर बहादुर चौधरीलाई नेपाल रेडक्रस सोसाइटी भजनी उपशाखा भजनीका सभापति नुमाकान्त खड्काले सामग्री हस्तान्तरण गरिएका थिए। उक्त कार्यक्रमका अतिथिमा नेरेसो जिल्ला मन्त्री लोक राज जोशी, नेरेसो जिल्ला शाखा उपसभापति बासु विनाडी लगाएतको उपस्थित रहेको थियो।
स्मरण रहोस् नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले भजनी नगरपालिका क्षेत्रमा विपद्को घडीमा काम गर्दै आएको छ ।।

Latest समाचार