५ कार्तिक २०७८, शुक्रबार / Oct 22, 2021

स्वास्थ्यकर्मीद्धारा युवा शक्ति बिभागका प्रमुख अशोक रावल सहितका युवाहरु सम्मानित

मंगल बास्काेटे
२४ असार २०७८, बिहीबार ०३:१५
74 Views

कैलालीको टीकापुर अस्पतालका स्वास्थ्यकर्मीहरुले युवा संघ नेपालको युवा शक्ति बिभागका युवाहरुलाई सम्मान गरेका छन । बिगत ५० दिन देखी टीकापुर अस्पतालमा उपचारत बिरामी÷बिरामी कुरुवा तथा स्वास्थ्यकर्मिहरुलाई निःशुल्का खाना नास्ता खुवाउदै आएका युवा संघ नेपाल युवा शक्ति बिभागका प्रमुख अशोक रावल नेतृत्वको युवा टोेलीलाई अस्पतालका स्वास्थ्यकर्मिहरुले सम्मान गरेका हुन ।

दोस्रो लहरको कोरोना संक्रमण फैलिए संगै अस्पतालमा आउने बिरामी÷बिरामी कुरुवा र स्वास्थ्यकर्मिहरुलाई निरन्तर युवा संघ नेपालको युवा शक्ति बिभागका प्रमुख अशोक रावलको नेतृत्वमा युवाहरुले निःशुल्क खाना नास्ता खुवाउदै आएका थिए । यस्तो महामारीमा आफ्नो स्वास्थ्यको ख्यालै नगरि बिरामी सहित आफ्नो राम्रो ख्याल राखेको भन्दै स्वास्थ्यकर्मिहरुले केक काट्दै दोेसल्ला ओडाएर सम्मान गरेका छन ।
बिरामी,स्वास्थ्यकर्मिकै लागी खाना खुवाउने अभियान सञ्चालन गरेर कोरोना नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको र महामारीमा कसैको पेट भोको हुन नदिएको भन्दै स्वास्थ्यकर्मिले युवा शक्ति बिभागका प्रमुख अशोक रावललाई “दोस्रो आमा” को संज्ञा दिएका छन ।
अस्पतालका स्वास्थ्यकर्मिहरुले गरेको सम्मानले थप उर्जा प्रदान भएको युवा शक्ति बिभागका प्रमुख अशोक रावलले बताएका छन । निरन्तर अहोरात्र खटिएर सञ्चालन गरेको अभियानलाई सम्मान गर्नु हुने सम्पुर्ण स्वास्थ्यकर्मिहरुलाई रावलले धन्यवाद ज्ञापन गरेका छन ।
१ लाख रुपैयाँ स्वंयम् संकलन गरि सञ्चालन गरेको अभियानवलाई बिभिन्न सहयोगी मनहरुबार्ट सहयोग प्राप्त भएको उनले जानकारी दिए ।
कोरोनाको महामारीमा बिरामीका कुरुवाहरुले अस्पतालमा खानाकै लागी भौतारि रहेको देखे पछि उनिहरुको त्यो असहजतालाई मध्यनजर गर्र्दै खाना खुवाउने अभियान सञ्चालन गरेको उनले जानकारी दिए । साथै कोरोना संक्रमित बिरामीकालाई खाना लिन कुरुवाहरु समुदायमा जाने र समुदायमा जाँदा कोरोना संक्रमण फैलन सक्ने जोखिम देखिएकाले पनि यसको चेन बे्रक गर्न खाना वितरण अभियन सञ्चालन गर्नु परेको उनले बताए ।

Latest समाचार