५ कार्तिक २०७८, शुक्रबार / Oct 22, 2021

कैलालीको लम्कीमा खुल्यो टिभिएसको नयाँ शोरुम

मंगल बास्काेटे
३१ भाद्र २०७८, बिहीबार १२:३९
6 Views

लम्की – कैलालीको लम्कीमा बिहीबार देखि टिभिएस कम्पनीको नयाँ मोटरसाइकल शोरुम सञ्चालनमा आएको छ ।
जानुका एण्ड सन्सले सञ्चालनमा ल्याएको शोरुममा टिभिए ब्राण्डका मोटरसाईकल र स्कुटरहरु उपलब्ध रहेको शोरुमका सञ्चालक संजय बुढाथोकीले जानकारी दिए ।
‘विक्री मात्र होईन विक्री पश्चात ग्राहकलाई उत्कृष्ट सेवा दिने लक्ष्य रहेको छ।’ सञ्चालक बुढाथोकीले भने, ‘हामीले अहिले ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत ब्याजदरमा टिभिएसका मोटरसाईकल तथा स्कुटरहरु उपलब्ध गराउने छौं।’
शोरुमा मोटरसाईकल स्कुटर विक्री, पाटपुर्जा र मर्मत सम्भारका सेवाहरु उपलब्ध हुनुका साथै, जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल ल्याएर टिभिएसको नयाँ मोटरसाइकल प्राप्त गर्न सकिनेछ । यसरी एक्सचेन्ज गर्दा कम्पनीले १० हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराउने सञ्चालकले जानकारी दिए ।
त्यस्तै माईलेज, स्मार्ट कनेक्सन, किफायती र पाटपुर्जा सहजै उपलब्ध हुने भएकाले पछिल्लो समय टिभिएस ग्राहकको पहिलो रोजाईमा पर्दै आएको जगदम्बा मोर्टसका जगदम्बाका क्षेत्रीय प्रमुख सन्तोष पारिकले जानकारी दिए ।
शोरुममा अपाच्चे १६० सिसी, १८० सिसी, २०० सिसी, फिनिक्स १२५ सिसी, स्ट्राइकर १२५ सिसी र स्टारसिटी प्लस ११० सिसी, स्पोर्ट १०० सिसी मोटरसाइकल तथा स्कुटर सेगमेन्टमा ११० सीसीका जुपिटर, विगो, जेस्ट उपलब्ध छन्।
टिभिएसका स्मार्ट कनेक्सन भएका मोटरसाइकल र स्कुटी बजारमा आएका छन् । त्यसले फोन, म्यासेजदेखि लोकेसन देखाउँछ । देशभरमै सबैभन्दा धेरै बिक्री भएको एन्ट्रो १२५ सीसी स्कुटी पनि टिभिएसकै रहेको छ ।
दुई पांग्रे सवारी साधानको नेपाली बजारमा टिभिएसको १७.२९ प्रतिशत बजार हिस्सेदारी रहेको छ । टिभिएसलाई नेपालमा जगदम्बा मोटरर्सले सन् २०१५ देखि विक्रि वितरण गर्दै आएको छ । नेपालमा हाल सम्म यसका एक सय ३३ भन्दा बढि आधिकारिक बिक्रेताहरू रहेका छन् ।