३१ आश्विन २०७८, आईतवार / Oct 17, 2021

प्रहरीद्वारा लम्की चौराहामा यात्रु सहायता कक्ष स्थापना

मंगल बास्काेटे
१२ आश्विन २०७८, मंगलवार ११:५०
19 Views

सुदुरपश्चिम प्रदेशको प्रवेशद्वार कैलालीको लम्कीमा यात्रु सहायता कक्ष स्थापना गरिएक्क छ । लम्कीचुहा नगरपालिका वडा न १ लम्की चौराहा ईलाका प्रहरी कार्यालय र ईलाका ट्राफिक प्रहरी कार्यालय लम्कीको संयुक्त आयोजनामा यात्रु सहायता कक्षा स्थापना गरिएको हो ।
दशै तिहार तथा चाडवाड नजिकिँदै गर्दा टाढा बाट आएका यात्रु लाई समन्वय गर्न यात्रु सहायता कक्षको स्थापना गरिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक भरत शाहले बताए । समाजमा हुने अपराध गर्न समेत नागरिकले प्रहरी लाई सहयोग गर्नु पर्ने लम्की चुहा १ का वडा अध्यक्ष जनक बमले बताए । हर प्रहर गाँउ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यन्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय कैलालीको चाड पर्व विशेष सुरक्षा योजना अनुसार यस ईलाका प्रहरी कार्यालय लम्की र ट्राफिक प्रहरी कार्यालय लम्की,कैलालीको संयुक्त आयोजनामा नजिकै आउदै गरेको नेपालीहरुको महान चाड विजया दशमी, शुभ दिपावली तथा छठ पर्वलाई मध्य नजर गरी हुन सक्ने सम्भावित अपराधिक गतिविधी नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, ट्राफिक नियमको पालना गर्न गराउनको लागि लम्कीचुहा नगरपालिका १ लम्की चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । साथै कुनै पनि यात्रुहरु समस्यामा परेमा कार्यालयको यात्रु सहायता कक्षमा अथवा कार्यालयको सम्पर्क नम्बर ०९१-५४०१९९ / ९८५८४९०३०३ / ९८४२२४१५५० वा प्रहरी कन्ट्रोल १०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।