५ कार्तिक २०७८, शुक्रबार / Oct 22, 2021

कैलालीमा सुदुरपश्चिम व्यापी विद्यालय स्तरीय प्रथम छात्र/छात्रा फुटबल लिग २०७८ हुदै

मंगल बास्काेटे
१५ आश्विन २०७८, शुक्रबार ०६:४१
14 Views

दीपक टमट्टा
लम्की –१५ भदौ
कैलालीमा सुदुरपश्चिम व्यापी विद्यालय स्तरीय प्रथम छात्र÷छात्रा फुटबल लिग २०७८ हुने भएको छ । जिल्लाको बर्दगारिया गाउँपालिमा अबस्थीत नव बालबाटिका बिद्या मन्दिरको आयोजनामा प्रदेशब्यापी विद्यालय स्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगिता हुने भएको हो ।
पछिल्लो समय फुटबलको लोकप्रीयता बिस्तारै घट्दै गईरहेको अबस्थामा विद्यालय स्तरबाटै सक्षम तथा उत्कृष्ठ खेलाडीहरु उत्दपानमा बिशेष टेवा पुगोस भन्ने उदेश्यका साथ प्रतियोगिता सञ्चालन गर्न लागेको मूल आयोजक समितिका संयोजक एवं नव बाल बाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्लले जानकारी दिएका छन ।
‘पारस्परिक सद्भाव शैक्षिक विकास,लैङ्गिक समानता एवम् स्वास्थ्यका लागी खेल’ भन्ने मूल नाराका साथ मसिंर १७ गते देखी हुन लागेको प्रतियोगिता पुस १० गते सम्म सञ्चालन हुने छ । प्रतियोगितामा प्रदेश भरिका छात्र–छात्रा गरि ३२–३२ टीमको सहभागिता रहने छ भने कक्षा १० सम्म अध्ययनरत छात्र÷छात्रा बिद्यार्थीहरुले मात्र खेलमा समावेश हुन पाउने आयोजनकले जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार रुपैयाँ र द्धितिय हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने छन । प्रतियोगिता लिक कम नकआउटका आधारमा खेलाइने आयोजकले जनाएको छ ।
नव बालबाटिका बिद्या मन्दिर बौनियाले यस अघि दुई संस्करण क्रिकेट प्रतियोगिताको आयोजना सफलता पूर्वक सम्पन्न गरिसकेकेको छ ।