४ कार्तिक २०७८, बिहीबार / Oct 21, 2021

कैलालीको लम्कीकी एक १७ बर्षिया किशोरी २० दिन देखी बेपत्ता

मंगल बास्काेटे
२० आश्विन २०७८, बुधबार ०७:२४
83 Views

कैलालीकी एक १७ बर्षिया किशोरी देखी बेपत्ता भएकी छन । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं.१ पूर्व लम्कीकी १७ बर्षिया टीना नेपाली विगत २० दिन देखी बेपत्ता भएकी हुन ।
अहिले उनको खोजी कार्य गरि दिन परिवारले सबै सँग आग्रह गरिरहेको छ ।

यही असोज १ गते स्कुल जान्छु भनी गएकी टीना २० दिन भइसक्दा पनि परिवारको सम्पर्कमा आएकी छैनन् । नगरपालिका वडा नं.१ मा अवस्थित श्री शहीद स्मृति मावि को कक्षा ८ मा अध्ययन गर्दै आएकी टीना असोज १ गतेका दिन विद्यालयकै पोशाकमा विद्यालय जान्छु भनी घरबाट निस्केको परिवारले जानकारी दिएका छन । तर घरबाट पोशाकमै विद्यालय भनी गए पनि विद्यालय सम्म टीना नपुगेको विद्यालय स्रोतले बताएको छ ।

उनको खोजी कार्य गरि दिन परिवारले इलाका प्रहरी कार्यालय लम्कीमा निवेदन समेत दिएको छ । तर अहिले सम्म उनको अवस्था अज्ञात नै छ ।

उता इलाका प्रहरी कार्यालय लम्कीले बिभिन्न तरिकाबाट खोजी तथा अनुसन्धान भइरहेको बताएको छ । उनको खोजीका लागी अहिले शंकास्पद १ जनालाई पक्राउ गरि सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहले जानकारी दिएका छन ।
जानकी गाउँपालिका वडा ८ का अन्दाजी १८ बर्षिया सुवास शाही लाई पक्राउ गरि अनुसन्धान भइरहेको प्रमुख शाहले जानकारी दिएका छन ।
सुवास शाही भन्ने युवक टीना बेपत्ता हुनु भन्दा अघिल्लो दिन सम्म टीनाको सम्पर्कमै रहेको बुझिन आएको प्रहरीले बताएको छ ।