५ कार्तिक २०७८, शुक्रबार / Oct 22, 2021

सहज युवा क्लब असोज २१ गते देखि चौरीमा बृहत देउडा कार्यक्रम गर्दै

मंगल बास्काेटे
२० आश्विन २०७८, बुधबार ११:१०
19 Views

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं.५ मा बृहत देउडा कार्यक्रमको हुने भएको छ । वडा न ५ मा रहेको सहज युवा क्लबको आयोजनामा असोज २१ गते देखि बृहत देउडा कार्यक्रम हुने भएको हो ।
सुदुर तथा कर्णाली प्रदेशको सांस्कृतिक पहिचानका रुपमा रहेको देउडा लाई संरक्षण गर्नका लागि गत बैशाख २ गते विधिवत रुपमा उद्धाटन गरिएको देउडा कार्यक्रम कोरोना भाइरस कोभिड-१९ का कारण स्थगित भएको थियो । अहिले स्थित सामन्य भए पछि घटस्थापनाको मौका पारी बृहत् देउडा कार्यक्रम हुने भएको सहज युवा क्लबका अध्यक्ष पदम बहादुर तिरुवाले जानकारी दिएका छन ।
देउडा उद्घाटन भए सङ्गै प्रत्येक हप्ताको बिहिवार दिउँसो ठिक २ बजे देखि देउडा कार्यक्रम हुने उनले बताए ।
स्थानिय क्षेत्रमा उत्पादित बस्तुको बजारिकरणका निमित्त हाटबजार सञ्चालन र दक्षिणी संस्कृतिका कारण ओझेलमा पर्न थालेको सुदुर तथा मध्पश्चिमको संस्कृति देउडाको संरक्षणका निमित्त आयोजना हुने देउडा कार्यक्रममा चर्चित देउडा गायक प्रकाश शाह, लाल मणि देबकोटा,हस्तना वि.सि निर्माला शाही लगाएतको बेजोड प्रस्तुति रहेने अध्यक्ष तिरुवाले जानकारी दिए।
देउडा उद्घाटन कार्यक्रम वडा नं.५का वडाअध्यक्ष माया बिष्टको विषेश उपस्तिथिमा हुने आयोजकले बताएको छ ।