२ कार्तिक २०७८, मंगलवार / Oct 19, 2021

तिमिल्सिना एकता समाजको शुभकामना आदानप्रदान कार्यक्रम लम्कीमा सम्पन्न

मंगल बास्काेटे
२६ आश्विन २०७८, मंगलवार १३:३१
28 Views

लम्की/ असोज २६
तिमिल्सिना एकता समाज लम्कीचुहाको आयोजनामा विजयादशमी, दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज लम्कीमा सम्पन्न भएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रम संयोजक रंगप्रसाद तिमिल्सैनाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि विष्णुभक्त उपाध्याय तिमिल्सैना रहेका थिए ।
कार्यक्रममा रामप्रसाद तिमिल्सेना राप्ती, लोकराज तिमिल्सिना , नारायण तिमिल्सैना, धर्मराज तिमिल्सैना, मोतिप्रसाद उपाध्याय, चेतमान खत्री तिमिल्सेना, उमेश तिमिल्सैना, बासुदेब तिमिल्सेना लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
भेलाले रामप्रसाद तिमिल्सेना ( आरपी) को अध्यक्षतामा २ जना पछी थप गर्ने गरि २१ सदस्यीय तिमिल्सिना एकता समाज लम्कीचुहाको गठन समेत गरेको छ ।
समाजको उपाध्यक्षमा बासुदेब उपाध्याय तिमिल्सैना, सचिवमा रंगप्रसाद तिमिल्सैना, कोषाध्यक्षमा मोतिप्रसाद उपाध्याय र सहसचिवमा भुपेन्द्र तिमिल्सेना रहेका छन ।
त्यसिगरी समितिको सदस्यमा कल्पना तिमिल्सैना, लोकराज तिमिल्सिना,धर्मराज तिमिल्सेना , महेन्द्र तिमिल्सेना , चेतमान खत्री तिमिल्सिना, कमलप्रसाद तिमिल्सैना, विश्वेश्वरप्रसाद उपाध्याय तिमिल्सेना, जयबहादुर खत्री तिमिल्सिना, नारायण तिमिल्सैना, डिक्र तिमिल्सैना, उमेश तिमिल्सेना, सिद्धराज तिमिल्सेना, अमृता तिमिल्सेना र केशवराज तिमिल्सैना रहेका छन ।
भेलाले आगामी कार्तिक मसान्तसम्म लम्कीचुहा नगरपालिकाका वडा नम्बर १ देखि १० सम्म वडा स्तरीय तिमिल्सिना एकता समाजको गठन गर्ने, नवगठित समितिका पदाधिकारी एवम् सदस्यहरुबाट प्रती व्यक्ति एकहजारका दरले आर्थिक सहयोग संकलन गर्ने लगायतका विषयमा निर्णयहरु गरिएको नव गठित तिमिल्सिना एकता समाज लम्कीचुहाका सचिव रंगप्रसाद तिमिल्सैनाले बताउनु भएको छ ।
तप्तराज तिमिल्सेनाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन रामप्रसाद तिमिल्सेनाले गरेका थिर  ।