१८ मंसिर २०७८, शनिबार / Dec 4, 2021

कैलालीमा कर्णाली नदि फुट्यो,टीकापुरको शाहीपुर उच्च जोखिममा

मंगल बास्काेटे
२ कार्तिक २०७८, मंगलवार ०९:४८
28 Views

कैलालीमा कर्णाली फुटेर गाउँ पस्दा गाउँ नै जलमग्न भएको छ । जिल्लाको टीकापुर नगरपालिका वडा नं.५ शाहीपुरमा कर्णाली नदिको तटबन्ध भत्किँदा पुरै गाउँ जलमग्न भएको हो । आइतवार राती देखी लगातार परेको अबिरल बर्षाका कारण कर्णाली नदिको बाहब तिव्र रुपमा बढे संगै आज दिउसो कर्णाली नदिमा बनाएको तटबन्धन भत्किए पछि शाहीपुर गाउँ नै जोखिममा परेको छ ।कैलाली स्थित टिकापुर ५ शाहिपुरमा कर्णाली नदि फुट्दा पुरा गाउँ जलमग्न भएको छ । केहि दिन देखिको भीषण बर्षाका कारण कर्णाली नदिको जलस्तर तिव्ररुपमा बढिरहेको थियो र केहि समय अघि मात्र उक्त स्थान बाट कर्णाली नदिको तटबन्ध भत्किँदा गाउँ जलमग्न भएको हो ।कर्णाली नदि तिव्र रुपमा बढिरहेको हुँदा टिकापुरका सम्पुर्ण वडाका बासिन्दाहरुलाई सतर्क रहन टिकापुर नगरपालिका र प्रशासनसनले अनुरोध गरेको छ ।

Latest समाचार