१७ मंसिर २०७८, शुक्रबार / Dec 3, 2021

युनिक नेपाल द्वारा बाढीपीडितहरुलाई खाद्यन राहत सहयोग

मंगल बास्काेटे
५ कार्तिक २०७८, शुक्रबार १५:०६
23 Views

निर्मल रैका
बर्दिया ५ कार्तिक

युनिक नेपालले बर्दियाका बाढीपीडितहरुलाई खाद्यन राहत सहयोग गरेको छ ।
शुक्रवार राजापुर नगरपालिका मार्फत जिल्ला विपद् व्यवस्थापन समितिलाई युनिक नेपालले खाद्यन राहत सहयोग गरेको हो ।
युनिक नेपाल द्वारा बाढी पिडित लाई राहत होस भन्ने उदेश्यका साथ बाढीपीडितहरुलाई खाद्यन राहत सहयोग हस्तान्तरण गरेको युनिक नेपालका केन्द्रिय अध्यक्ष प्रिम बहादुर थारुले बताए ।
संस्थाका कार्यसमिति सदस्य तथा कर्मचारीहरुको उपस्थितमा खाद्यन राहत सहयोग हस्तान्तरण गरिएको छ । जस्मा ५ कुन्टल चिउरा, २०० पेटी चाउचाउ, ५०० पेटी पानी सहयोग हस्तान्तरण गरेको हो ।
तिनदिन सम्म आएको अविरल बर्षाका कारण बर्दिया जिल्लाको विभिन्न स्थानमा बाढी आएको थियो ।
अविरल बर्षा भइ आएको बाढीबाट सयौं मानिस बिस्थापित समेत भएका छन भने कष्ट पुर्ण जीवनजिवन बाध्य छन ।

Latest समाचार